खुशियाली उत्तर प्रदेश बनाउनु नै सरकारको प्राथमिकता होः योगी आदित्यनाथ
खुशियाली उत्तर प्रदेश बनाउनु नै सरकारको प्राथमिकता होः योगी आदित्यनाथ


- मुख्यमन्त्रीले 'जनता दर्शन'- मा पीड़ितहरूको सिकायत सुने

लखनऊ, 28 जुलाई (हि.स.)। मुख्यमन्त्री योगी आदित्यनाथले लगातार दोस्रो सोमवार 'जनता दर्शन' कार्यक्रममा प्रदेशभरिबाट आएका लगभग 60भन्दा अधिक आवेदकहरूको आवेदन सुने अनि उनीहरूलाई आश्वस्त पारे कि निश्चिन्त भएर घर जानुहोस्, तपाईको समस्या समाधान हुनेछ। मुख्यमन्त्रीले भने, हरेक नागरिकको समस्या समाधान गरेर खुशियाली उत्तर प्रदेश बनाउनु नै सरकारको प्राथमिकता हो।

'जनता दर्शन'- मा मुख्यमन्त्री याेगी हरेक पीड़ितको छेउमा आफै पुगे अनि उनीहरूको समस्या सुने, उनीहरूको प्रार्थना पत्र लिएर सम्धानको लागि अधिकारीहरूलाई निर्देश दिए। यस 'जनता दर्शन' कार्यक्रममा पुलिस, राजस्व, चिकित्सा सहायता, रोजगार, शिक्षा, आवास, कब्जा, परिवार आदिसित सम्बन्धित मामिलाहरू आएका छन्।जनताको समस्यालाई सुन्दै मुख्यमन्त्रीले अधिकारीहरूलाई सन्तुष्टिपरक निदान गरिदिने निर्देश दिनका साथै मानिसहरूलाई भरोसा दिलाउँदै भने, सरकार हरेक पीड़ितको समस्या समाधान गर्नको लागि दृढ़ संकल्पित छ।

मुख्यमन्त्री योगी आदित्यनाथले 'जनता दर्शन'- मा अभिभावकहरूसित आएका बाल-बालिकाहरूको टाउकोमा हात राखेर प्रेमभाव दर्शाए। केही बाल-बालिकाहरूको शिक्षा सम्बन्धि जानकारी लिए। मुख्यमन्त्री योगीले बाल-बालिकाहरूलाई चकलेट, टफी दिए अनि पढ़ेर भविष्य उज्जवल बनाउने आशीर्वाद दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande