दुर्गा पूजाको तयारी शुरू- सन्तोष मित्र स्क्वायरमा ‘अपरेशन सिन्दूर’- को वीरगाथा, भवानीपुरमा ‘बिनोदिनी’-लाई समर्पित पण्डाल
दुर्गा पूजाको तयारी शुरू- सन्तोष मित्र स्क्वायरमा ‘अपरेशन सिन्दूर’- को वीरगाथा, भवानीपुरमा ‘बिनोदिनी’-लाई समर्पित पण्डाल


कोलकाता, 28 जुलाई (हि. स.)। यस वर्षको दुर्गा पूजामा कोलकाताका दुई प्रमुख पूजा समितिहरूले देशभक्ति र सांस्कृतिक धरोहरको झलक प्रस्तुत गर्न गइरहेका छन्। एकातिर सन्तोष मित्र स्क्वायरको पण्डाल भारतीय सेनाको शौर्य गाथा ‘अपरेशन सिन्दूर’-माथि आधारित हुनेछ भने अर्कोतिर भवानीपुर 75 पल्लीको थीम 19औं शताब्दिको पहिलो रंगमञ्च कलाकार बिनोदिनी दासीको जीवनमाथि केन्द्रित हुनेछ।

सेनाको बहादुरीप्रति समर्पित सन्तोष मित्र स्क्वायर-

सन्तोष मित्र स्क्वायर दुर्गा पूजा समितिले यस वर्षको पण्डाल ‘अपरेशन सिन्दूर’- को थीममा तयार गर्ने निर्णय लिएको छ। समितिका प्रवक्ता एवं भाजपा नेता सजल घोषले बताए, यस पण्डालको माध्यमबाट भारतीय सेनाको वीरता र बलिदानलाई दृश्य रूपमा प्रस्तुत गरिनेछ। पण्डालमा युद्धभूमिको दृश्य, विशेष प्रकाश व्यवस्था, ध्वनि प्रभाव तथा देशभक्तिले ओतप्रोत गीतहरू जस्तै ‘कदम कदम बढ़ाए जा’, ‘मेरे वतन’ औ ‘वंदे मातरम्’- को माध्यमबाट राष्ट्रभक्तिको भावनालाई जागृत गरिनेछ।घोषले भने, यो थीम ती वीर सैनिकहरूप्रति श्रद्धाञ्जलि हो जसले देश रक्षाको निम्ति आफ्नो प्राण न्यौछावर गरे।

थिएटरकी पहिलो नायिकाप्रति समर्पित भवानीपुर 75 पल्ली-

भवानीपुर 75 पल्ली समितिले यस वर्ष बिनोदिनी दासीलाई केन्द्रमा राखेर पण्डालको कल्पना गरेको छ। समितिका सचिव सुबिर दासले बताए, बिनोदिनी दासी ती पहिलो बंगाली महिला थिइन् ज सले रंगमञ्चमा महिलाको भूमिका निर्वाह गरिन् जबकि त्यसताक पुरूषले नै महिलाको भूमिका निर्वाह गर्दथे। यस वर्ष पण्डालमा उनको जीवन, संघर्ष एवं थिएटरमा उनको योगदानलाई जीवन्त बनाइनेछ।

दासले भने, पण्डालमा त्यो ऐतिहासिक क्षणलाई पनि दर्शाइनेछ जतिबेला रामकृष्ण परमहंसले उनको अभिनयबाट प्रभावित भएर उनलाई आशीर्वाद दिएका थिए। माँ दुर्गाको प्रतिमा ‘सनातनी’ शैलीमा बनाइँदैछ जसले महिला सशक्तिकरणको मूल भावलाई दर्शाउँछ। यस अतिरिक्त पण्डालमा गिरीश घोषद्वारा निर्मित ‘स्टार थिएटर’- को नामलाई ‘बिनोदिनी मञ्च’- को रूपमा परिणत गरेको घटनालाई पनि विशेष रूपमा रेखांकित गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande