अनुमति नपाए पनि नवान्न अभियानमा अडिग रहे आन्दोलनकारी
अनुमति नपाए पनि नवान्न अभियानमा अडिग रहे आन्दोलनकारी


कोलकाता, 28 जुलाई (हि. स.)। कलकत्ता उच्च न्यायालयले आदेश दिएको छ, मंगलहाट क्षेत्रमा सभा तथा जुलूसहरू आयोजना गर्न सकिँदैन। यसै आदेशलाई प्रयोग गरी पुलिसले नवान्न अभियानको निम्ति अनुमति दिएन। तथापि पश्चिम बंगाल वञ्चित शिक्षक, बेरोजगार एकता मञ्च सहित केही संगठनहरू सोमवार यस अभियानमा अडिग बसेका छन्। यस अभियानलाई लिएर संगठनहरूको नीतिलाई मध्यनजर गर्दै पुलिस पनि तयार बसेको छ। पुलिसले यस अभियानलाई रोक्नको लागि सबै उपाय गरेको छ।

पुलिसद्वारा अनुमति नदिइए पनि संगठनहरूको पक्षबाट भनिएको छ, उनीहरूको कार्यक्रममा कुनै प्रकारको फेरबदल गरिएको छैन। संग्रामी एकता मञ्चका राज्य संयोजक भास्कर घोषले चेताउनी दिए, सोमवार अपरान्ह 12 बजे हावड़ा स्टेशनदेखि ऱ्याली शुरू हुनेछ। त्यहाँबाट प्रदर्शनकारीहरू ग्राण्ड फरशोर रोड हुँदै नवान्न तर्फ जानेछन्। पुलिसले उनीहरूलाई जहाँ रोक्छ, त्यहीँ नै बसेर विरोध प्रदर्शन गर्नेछन्।

उल्लेखनीय छ, मंगलाहाटका व्यापारीहरूले कलकत्ता उच्च न्यायालयको शरण लिएका थिए। उनीहरूले भनेका थिए, नवान्न अभियानबाट उनीहरूको व्यवसाय प्रभावित भइरहेको छ। उच्च न्यायालयले आदेश दियो, बजारको दिन मंगलाहाट क्षेत्रमा सभा तथा जुलूस निकाल्न सकिँदैन। तथापि प्रदर्शनकारीहरूको भनाइ छ, हामी कसैको पनि व्यवसायलाई क्षति पुऱ्याउने छैनौं वा कसैलाई पनि जोखिममा पार्नको लागि यो अभियान चलाएको होइन हामी आफ्ना मागहरूको आधारमा शान्तिपूर्ण ढंगमा यो अभियान शुरू गर्नेछौं।

संग्रामी एकता मञ्चको दाबी छ, सोमवारको नवान्न अभियानमा 10 हजार मानिसहरू जुट्नेछन्। राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी गए राती साढ़े आठ बजे हावड़ा स्टेशनमा रेलवे पुलिसका अधिकारीहरू अनि प्रदर्शनकारीहरूसित भेटवार्ता गर्न आए।

हावड़ा सिटी पुलिस पनि नवान्न अभियानलाई रोक्नको लागि तयार छ। हावड़ा शहरका तीन प्रमुख स्थानहरूमा फलामको भारी ब्यारिकेड लगाइएको छ। नवान्नमा प्रवेश गर्ने विभिन्न मह्तवपूर्ण पोइन्ट्सलाई अवरूद्ध गरिनेछ। जुलूस अनि सभामाथि नजर राख्नको लागि ड्रोन उड़ाइनेछ। प्रदर्शनकारीहरूलाई रोक्नका लागि वाटर क्यानन पनि तयार छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande