कोलकाता, 28 जुलाई (हि. स.)। भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमामा तैनाथ सीमा सुरक्षा बल (बीएसएफ)- को दक्षिण बंगाल सीमान्तका जवानहरूले आइतवार तस्करीको एउटा ठूलो प्रयासलाई विफल बनाउँदै एकजना तस्करलाई पक्राउ गरेको छ। साथै भारी मात्रामा मादक पदार्थ र चाँदीको आभूषण पनि जफ्त गरिएको छ। यस कारबाहीको जानकारी बीएसएफको पक्षबाट सोमवार बिहान साझा गरिएको हो।
भनिन्छ, बीएसएफको 67औं वाहनीका जवानहरूले नदिया जिल्लाको सीमा चौकी बेहरा नजिक गुप्त सूचनाको आधारमा तस्करहरूको गतिविधिमाथि नजर राखे। गए आइतवार राती लगभग 11:30 बजे 6-7 जना संदिग्धहरूलाई जुटको खेतको आड़मा सीमा तर्फ बढ़िरहेको देखियो। जवानहरूले उनीहरूलाई रोकिने चेताउनी दिए, तर उनीहरू अँध्यारो तथा घना जंगलको फाइदा उठाएर भाग्न सफल भए।
घटनापछि शुरू गरिएको खोजी अभियानमा 13 वटा बोराहरूमा लुकाएर राखिएको 40 वटा प्याकेट भेटियो जसमा 79.5 किलोग्राम गाँजा थियो। यस अतिरिक्त आइतवार नै भएको अलग-अलग कारबाहीमा बीएसएफले थप 28 किलोग्राम गाँजा जफ्त गऱ्यो। यसरी जफ्त गरिएको गाँजाको वजन 107.5 किलोग्राम रहेको छ।
यसै दिन उत्तर 24 परगना जिल्लाको सीमा चौकी तरालीमा 143औं वाहिनीका जवानहरूले एकजना तस्करलाई त्यसबेला पक्राउ गरे जतिबेला उसले मोटरसाइकलका चक्काहरूमा चाँदीको आभूषणलाई लुकाएर त्यसलाई नित्यानन्दकाठी चेक पोस्टको बाटो भएर पार गर्ने चेष्टा गरिरहेको थियो। जाँच अवधि उसको कब्जाबाट 7.5 किलोग्राम चाँदीका आभूषण भेटियो जसको अनुमानित मूल्य 7.60 लाख रुपियाँ रहेको छ। बीएसएफले आरोपीलाई जफ्त गरिएको सामान सहित कानूनी कारबाहीको लागि सम्बन्धित एजेन्सीलाई सुम्पिदिएको छ।
दक्षिण बंगाल सीमान्तका जनसम्पर्क अधिकारीले उक्त कारबाहीको पुष्टि गर्दै भने, अन्तर्राष्ट्रिय सीमामा तैनाथ जवानहरूले चैबीस घण्टै निगरानी गरिरहेका छन्। साथै तस्करी सहित अन्य अवैध गतिविधिहरूलाई रोक्नको लागि पूर्ण रूपले प्रतिबद्ध छ। उनले बताए, रणनीतिक निगरानी, गुप्त सूचना औ समयमा कारबाहीको कारणले तस्करहरूको प्रयास लगातार असफल भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा