आईआईएम कोलकाताः रेप केसमा जमानत पाएका छात्रले कक्षामा उपस्थित हुने अनुमति पायो, तर होस्टेलमा बस्ने अनुमति पाएन
आईआईएम कोलकाताः रेप केसमा जमानत पाएका छात्रले कक्षामा उपस्थित हुने अनुमति पायो, तर होस्टेलमा बस्ने अनुमति पाएन


कोलकाता, 28 जुलाई (हि.स.)। भारतीय प्रबन्धन संस्थान कोलकाताले बलात्कारको एक मामिलामा पक्रा परेर भर्खरै जमानतमा रिहा भएको छात्र परमानन्द महावीर तोप्पन्नावर (26)-लाई पुनः कक्षामा उपस्थित अनुमति दिइएको छ। तर क्याम्पस होस्टेलमा भने उसलाई बस्ने अऩुमति छैन जबसम्म कोलकाता पुलिसको विशेष जाँच टीमले आफ्नो जाँच पूरा गर्दैन।

आईआईएम कोलकाताको अकादमिक परिषदको बैठकमा गहन सोच-विचार गरिएपछि यो निर्णय लिइयो, आरोपीलाई बस्ने अऩुमति दिनुपर्छ। यो बैठक त्यसबेला डाकियो जतिबेला आरोपी छात्रले संस्थानमा आवेदन गरेर आफूलाई कक्षा बस्न दिने अनुमति मागेको थियो। परिषदले कानूनी सल्लाहको आधारमा तय गऱ्यो, छात्रले 28 जुलाईदेखि नियमित कक्षा अटेण्ड गर्न सक्नेछ, तर उ त्यो लेक भ्यु होटलमा बस्न पाउनेछैन जहाँबाट उसलाई पक्राउ गरिएको थियो।

छात्रलाई लाइब्रेरी प्रयोग गर्ने अनुमति दिइएको छ, तर 12देखि 22 जुलाईसम्म हिरासतमा रहेको कारणले छोड़िएका कक्षाहरूको लागि कम्पनसेटरी अटेण्डेन्समाथि पछि विचार गरिनेछ। छात्राको यो कोर्स दुई वर्षको हो र अब यो पूरा हुनु मात्र आठ महिना बचेको छ।

बैठकमा आईआईएमका कार्यवाहक निदेशक सैबाल चट्टोपाध्याय, डीन एवं अन्य वरिष्ठ फ्याकल्टी तथा अधिकारीहरू उपस्थित थिए।

स्मरण गराइन्छ, यो मामिला त्यसबेला प्रकाशमा आएको थियो जतिबेला गत 11 जुलाईमा एकजना महिलाले परमानन्दमाथि रेप केस दर्ता गराएकी थिई। महिलाको दाबी थियो, उ एकजना काउन्सलर हो (संस्थानसित आवद्ध छैन) र आरोपीले उसित काउन्सिलिंगको बहानामा होस्टेलमा बोलाएर नशालु पदार्थ खुवाएर दुष्कर्म गऱ्यो। तथापि पछि पुलिसले जाँचमा सहयोग गर्नको लागि बोलाउँदा पीड़िता आइन। अर्कोतिर पीड़िताका पिताको भनाइ छ, उनकी छोरीमाथि झुटो आरोप लगाउनको लागि दबाव दिइएको थियो। 11 जुलाईमा त्यस्तो केही पनि भएको छैन।

संस्थानले यो पनि स्पष्ट पारेको छ, मामिलाको जाँच लम्बित छ, त्यसैले होस्टेलमा रहने अनुमति दिन सकिँदैन, तर छात्रको शिक्षा बाधित नहोस्, यसको लागि उसलाई क्लास अटेण्ड गर्ने छुट दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande