नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। दिल्लीको दक्षिण-पश्चिम जिल्लास्थित आरके पुरम थाना पुलिसले हिट एण्ड रन मामिलामा एकजना आरोपीलाई पक्राउ गरेको छ। आरोपी एनएसजी जवानलाई ठक्कर दिएर भागेको थियो। पुलिसले आरोपीको कब्जाबाट दुर्घटनाग्रस्त अर्टिगा कार जफत गरेको छ।
दक्षिण-पश्चिम जिल्लाका डीसीपी अमित गोयलले बताए, गत 9 जुलाईको बिहान लगभग 6 बजी आरटीआर मार्गमा सेक्टर-8 आरके पुरम नजिक सेवा लेनमा एक अज्ञात वाहनले बिहान वक गरिरहेका एक जना व्यक्तिलाई ठक्कर दिएर भागेको थियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइते व्यक्तिलाई एम्स ट्रमा सेन्टरमा भर्ती गरायो। जाँचमा घाइतेको पहिचान नरेन्द्र सिंहको रूपमा भयो जो राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी)- मा कार्यरत छन्। पुलिसले घाइतेको बयान दर्ता गरायो।
डीसीपीले बताए, पुलिस टीमले दिल्ली र नोएडाका सयकड़ौं सीसीटीभी क्यामराहरूको जाँच गऱ्यो। जसमा एक संदिग्ध मारूति अर्टिगा कारलाई चिन्हित गरियो जुन हापुड़ (उत्तर प्रदेश)- मा रजिस्टर्ड थियो। वाहन मालिकसित जाँचबुझ गर्दा थाहा लाग्यो, उसले उक्त कार चालक पवन कुमार चौहान (निवासी हाथरस, उप्र)-लाई दिएका छन् जो वर्तमानमा रजोकरी गाउँ, वसन्त कुञ्ज दिल्लीमा बस्दै आइरहेको थियो। पुलिसले पवनको मोबाइल नम्बर ट्रेस गर्दा नोएडा वरिपरी बन्द पाएको थियो। सीसीटीभीबाट यो पनि पुष्टि भयो कि उ नोएडा सेक्टर-67 सम्म गएको थियो, तर त्यसपछि उसको बारेमा केही पत्तो लागेन।
पुलिस टीमले लगातार निगरानी राख्यो सातै दिल्ली-एनसीआरको सुराकीहरूको माध्यमबाट उसको फोटो साझा गऱ्यो। अन्ततः गत 24 जुलाईमा सूचना प्राप्तभयो, आरोपी रजोकरीस्थित आप्नो घरमा छ। पुलिसले तत्कालै कारबाही गर्दै उसलाई पक्राउ गऱ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा