करोड़ौंको चाइनिज ई सिगरेट तस्करी मामिलामा दुई आरोपी पक्राउ
करोड़ौंको चाइनिज ई सिगरेट तस्करी मामिलामा दुई आरोपी पक्राउ


पूर्वी चम्पारण, 28 जुलाई (हि.स.)। रक्सौलको बहुचर्चित 2 करोड़ 68 लाख रुपियाँको चाइनिज ई सिगरेट तस्करी मामिलामा दुई जना आरोपीहरूलाई पुलिसले पक्राउ गरेको छ। दुवैको पहिचान मदन साह र लक्ष्मण प्रसादको रूपमा भएको छ। दुवै आरोपीलाई हरैया थाना पुलिसले रक्सौल एसडीजीएम कोर्टद्वारा जारी अजमानती वारण्टको आधारमा नाटकीय ढंगमा पक्राउ गरेको छ।

उल्लेखनीय छ, गत वर्षको दिसम्बर महिनामा रक्सौल स्टेशनदेखि दिल्ली पठाइरहेको एउटा पार्सलमा कस्टम विभागले भारी मात्रामा चाइनिज सिगरेट जफत गरेको थियो। यो सिगरेट जाली दस्तावेजको आधारमा कस्मेटिक्स सामानको रूपमा बुक गराइएको थियो। भारतीय कस्टमले गुप्त सूचनाको आधारमा कारबाही गर्दै रक्सौल स्टेशनको प्लेटफर्मबाट चाइनिज सिगरेटको ठूलो खेपलाई जफत गरेको थियो। यस अवधि रक्सौल जीआरपी र कस्टम अधिकारीहरूबीच चर्काचक्री पनि भएको थियो। रक्सौल जीआरपी प्रभारीले आफ्नो रवाफ देखाउँदै कस्टम टीमलाई चार घण्टासम्म थानामा राखेका थिए। यति मात्र नभएर मुख्य आरोपीलाई क्यामरा सामु यो झुटो बयान दिएको देखिएको थियो कि उसले डेढ़ लाख रुपियाँ कस्टम सुपरिटेण्डेन्टलाई घूस दिएको छ। त्यसबेला जीआरपीको भूमिकामाथि पनि धेरै प्रश्न उठेको थियो। मामिला फैलिँदै गएपछि जीआरपी ब्याकफुटमा गएको थियो।

कस्टम विभागले यस मामिलामा स्वतन्त्र रूपमा प्राथमिकी दर्ता गरी जाँच शुरू गरेको थियो। भगौड़ा ई सिगरेट तस्करीका आरोपीहरूले लामो समयदेखिकै रक्सौल कस्टमलाई लगातार छक्याउँदै आइरहेका थिए। अन्ततः हरैया थानाध्यक्ष किशन कुमारले सक्रियता देखाउँदै दुवै आरोपीलाई समातेका छन्।

स्मरण गराइन्छ, यस मामिलामा एक सप्ताहपूर्व रक्सौल स्टेशनका पार्सल अधीक्षक एवं बुकिंग क्लर्कलाई पनि सीबीआईले हिरासतमा लिएको छ जसमाथि सामानहरू हेरफेर तथा तस्करहरूसित मिलोपतो गरेको गम्भीर आरोप लागेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande