हत्याको प्रयास मामिलामा दुई आरोपी पक्राउ
हत्याको प्रयास मामिलामा दुई आरोपी पक्राउ


नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। उत्तर-पूर्वी जिल्लाको शास्त्री पार्क थाना पुलिसले हत्या गर्ने प्रयास गरेको एक मामिलालाई सुल्झाउँदै दुई जना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान शास्त्री पार्क क्षेत्र निवासी गौतम (18) र हिदायतुल्ला (18)-को रूपमा गरिएको छ। पुलिसले आरोपीहरूको कब्जाबाट घटना प्रयोग गरिएको चक्कुलाई पनि जफ्त गरेको छ।

पुलिस मुताविक गत 25 जुलाईको अबेर राती शास्त्री पार्क चौक नजिक चक्कुबाजी भएको सूचना प्राप्त भएको थियो। पुलिस घटनास्थलमा पुग्न अगावै घाइतेहरूलाई साथीहरूले अस्पतालमा पुऱ्याइरसकेका थिए जहाँबाट उनीहरूलाई जीटीबी अस्पतालमा रेफर गरिदियो। पछि घाइते गणेशले बतायो, राती लगभग 10:30 बजे उसको साथी विकासले उसलाई शास्त्री पार्क चौकमा बोलाएको थियो। त्यहाँ पुगेपछि उसले देख्यो, विकासले अन्य युवकहरूसित बहस गरिरहेको थियो। यसै अवधि आरोपीले विकास र गुलशनमाथि हमला गर्न थाल्यो। गणेश र गुलसनले बचाउने चेष्टा गर्दा उनीहरू पनि घाइते भए। मामिलालाई गम्भीर रुपमा लिएर पुलिसले मुद्दा दर्ता गरी दुवै आरोपीलाई पक्राउ गऱ्यो।

जाँचबुझमा थाहा लागे अनुसार विकास र गौतम एकसाथ चाँदनी चौकमा काम गर्थे। उनीहरूमाझ कुनै कुरालाई लिएर भुल बुझाबुझ भएको थियो। त्यसै विवादलाई सुल्झाउनको लागि गौतमले विकासलाई भेट्न बोलाएको थियो, तर बातचित गर्दागर्दै झगड़ा बढ़्यो अनि गौतमले आफ्नो साथी हिदायतुल्लासित मिलेर हमला गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande