रांची, 28 जुलाई (हि.स.)। केन्द्रिय रक्षा राज्य मन्त्री एवं रांचीका सांसद संजय सेठलाई ज्यानमारा धम्की दिएको आरोपमा रांची पुलिसले एक व्यक्तिलाई पक्राउ गरेको छ। डीआईजी सह एसएसपी चन्दन सिन्हाको निर्देशमा गठित पुलिस टीमले यो कारबाही गरेको छ। पक्रा परेको आरोपीको नाम नित्यानन्द पाल बताइएको छ।
एक वरीय अधिकारीले सोमवार गिरफ्तारीको पुष्टि गरेका छन्। पुलिसबाट प्राप्त जानकारी अनुसार, आरोपीले नशाको स्थितिमा केन्द्रिय रक्षा राज्यमन्त्री संजय सेठलाई फोनमा ज्यानमारा धम्की दिएको थियो। फोन गर्नेले संजय सेठलाई भनेको थियो कि उसले धेरैको हत्या गरेको छ र अब मन्त्रीको पालो हो। यसपछि धम्की दिनेले एउटा मेसेज पनि पठायो, जसमा तपाईमाथि गोली चल्नेछ लेखिएको थियो।
धम्की पाएपछि संजय सेठले तत्काल रांची र दिल्ली पुलिसलाई सूचित गरे। सूचना पाउनसाथ रांची पुलिस सक्रिय भयो र डीआईजी सह एसएसपी चन्दन सिन्हाको नेतृत्वमा एक टीमको गठन गरियो। यस टीमले द्रूत कारबाही गर्दै धम्की दिने आरोपीलाई धनबादबाट पक्राउ गरेको छ।
आरोपीले नशाको स्थितिमा प्रायः कसै न कसैलाई फोनमा धम्की दिनेगर्थ्यो। पुलिसले आरोपीसित सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी