चित्तौड़गढ़, 28 जुलाई (हि.स.)। जिल्लाको भादसोड़ा थाना पुलिसले चित्तौड़गढ़-उदयपुर नेशनल हाइवेमा नाकाबन्दीमा एक कन्टेनरबाट 144 किलो 80 ग्राम अवैध डोडा चूरा जफत गरेको छ। मामिलामा उत्तर प्रदेशको एक आरोपीलाई पक्राउ गरिएको छ। आरोपीले कन्टेरमा लुगाको थाक र दवाईको कार्टूनको आड़मा मादक पदार्थको तस्करी गरिरहेको थियो। पक्रा परेको आरोपीको अनुसन्धान जारी छ।
पुलिस अधीक्षक मनीश त्रिपाठीले बताए, जिल्लामा अवैध मादक पदार्थको तस्करीको रोकथामको निम्ति कारबाहीको निर्देश दिइएको छ। चित्तौड़गढ़का अतिरिक्त पुलिस अधीक्षक सरिता सिंह र डिप्टी भदेसर अनिल शर्माको मार्गदर्शनमा यो कारबाही गरियो। भादसोड़ा थानाधिकारी महेन्द्रसिंह र टीमले चित्तौड़गढ़देखि उदयपुर हाईवे बागुण्ड गाउँमा नाकाबन्दी गऱ्यो। यस अवधि एक संदिग्ध कन्टेनरलाई रोकेर जाँच गर्दा त्यसमा लुगाको थाक र दवाईको कार्टून भरेको थियो। यसलाई हटाएर हेर्दा यसको मुनि कन्टेनरमा प्लास्टिकको प्याकेटमा 144 किलो 80 ग्राम अवैध डोडा चूरा भेटियो। उक्त कन्टेनर र डोडा चूरालाई जफत गरी चालक यूपीको बदायूं जिल्लाको बिसोली थानान्तर्गत खुजरिया निवासी ईबले हासनलाई पक्राउ गरियो। यस विरूद्ध भादसोड़ा थानामा एनडीपीएस एक्टमा प्रकरण दर्ता गरी जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी