सोनभद्र, 28 जुलाई (हि.स.)। उत्तर प्रदेशको सोनभद्र जिल्लामा राबर्ट्सगंज कोतवाली क्षेत्र स्थित बढ़ौली वार्ड क्षेत्रमा आइतवार राति तीन बदमाशहरूले घर बाहिर सुतिरहेका एक वृद्धलाई गोली हानेर भागे। परिजनहरूले वृद्धलाई घाइते अवस्थामा जिल्ला अस्पताल पुऱ्याए, जहाँ प्राथमिक उपचारपछि वाराणसी ट्रामा सेन्टर रेफर गरियो।
अपर पुलिस अधीधक (एएसपी) अनिल कुमारले सोमवार बताए, बढ़ौली वार्ड क्षेत्र निवासी चन्दन भारतीले आरोप लगाएका छन्, उनका बड़ा देवकी राम (65) लाई हिजो राति गोरारी निवासी पंकज पाण्डेय, बढ़ौली निवासी अनिल चौबे र प्रिन्स चौबेले सुतिरहेको बेला गोली हानेर भागे।
गोलीको आवाज सुनेर कमराबाट निस्केर हेर्दा बड़ा ओछ्यानमा घाइते अवस्थामा थिए। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइते वृद्ध देवकी रामलाई जिल्ला अस्पताल लग्यो। जिल्ला अस्पतालमा डाक्टरहरूले प्राथमिक उपचारपछि उनको अवस्था स्थिर रहेको बताए।
एएसपीले बताए, घटनापछि पुलिस टीम मामिलाको जाँचमा जुटेको छ र आक्रमणकारीहरूलाई समाउन पुलिस टीमलाई खटाइएको छ। जाँचपछि मामिलाको छिट्टै खुलासा गरिनेछ। जानकारी अनुसार, मामिला जमीन विवादसित जोड़िएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी