सुलतानपुर, 28 जुलाई (हि.स.)। उत्तर प्रदेशमा सुलतानपुर जिल्लाको कादीपुर थाना क्षेत्रमा आइतवार राति प्रेमिकालाई भेट्न पुगेको प्रेमी र उसको साथीमाथि प्रेमिकाको पिताले धारिलो हतियारले प्रहार गऱ्यो। घटनामा प्रेमीको साथीको मृत्य भयो भने प्रेमी घाइते भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले आरोपी विरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
अपर पुलिस अधीक्षक अखण्ड प्रताप सिंहले बताए, कादीपुर थाना क्षेत्र अन्तर्गत पर्ने गाउँ निवासी कुनालको गाउँ पलिया गोलपुर निवासी घनश्यामकी छोरीसित प्रेम प्रसंग चलिरहेको थियो। गए राति आइतवार प्रेमी कुनाल आफ्नो साथी संजयको साथ प्रेमिकालाई भेट्न उसको घर पुग्यो। सोही अवधि केटीको पिताले प्रेमी कुनाल र संजयमाथि धारिलो हतियारले प्रहार गऱ्यो। हमलामा साथी संजयको मृत्यु भयो भने प्रेमी कुनाल घाइते भयो।
घटनाको जानकारी पाएपछि मृतक युवक र प्रेमीका परिजन पुगे औं पुलिसलाई जानकारी दिए। सूचना पाएर घटनास्थल पुगेको पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर घाइते युवकलाई कादीपुर सीएचसीमा भर्ती गरायो।
एएसपीले बताए, मृतक संजयको पिताको तर्फबाट प्राप्त शिकायतको आधारमा आरोपी घनश्याम विरूद्ध हत्याको केस दर्ता गरी जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी