इम्फाल, 28 जुलाई (हि.स.)। मणिपुरमा उग्रवाद विरूद्ध चलाइएको अभियान अन्तर्ग पुलिसले इम्फाल ईस्ट, इम्फाल वेस्ट र थौबल जिल्लाहरूमा कारबाही गर्दै पाँच उग्रवादीहरूलाई पक्राउ गरेको छ। यी सबै प्रतिबन्धित संगठनहरूसित जोड़िएको बताइएको छ र यिनीहरूमाथि असूली, धम्काउने र अपहरण जस्ता मामिलाहरूमा संलिप्त रहेको आरोप छ।
इम्फाल ईस्ट जिल्लाको हुइद्रोम गाउँमा पुलिसले गुप्त सूचनाको आधारमा कांगलेइपाक कम्युनिस्ट पार्टी (अपुनबा सिटी मैतेई) सित जोड़िएको फीजम जोइचन्द्र मैतेई (35) र ओइनम नित्रंजीत सिंह (21) लाई पक्राउ गऱ्यो। सोधपुछमा उनीहरूको सहयोगी सोरम अबुंगचा मैतेई (39) लाई काइरंग मानिङ लाइकैबाट पक्राउ गरियो। तीनैदेखि एक वेस्पा स्कूटर, दुई मोबाइल फोन, तीन पहिचान पत्र र 700 रूपियाँ नगदी जफत गरियो।
थौबल जिल्लाको तेंथा खुन्नू बजारबाट एक अन्य अभियानमा केवाईकेएल-सोरेपा गुटको सदस्य हिदंगमयुम किशनकुमार शर्मा (27) लाई पक्राउ गऱ्यो। उ विरूद्ध धम्की दिने, पैसा माग्ने र अपहरणका घटनाहरूमा सामेल रहेको आरोप छ। उदेखि एक मोबाइल फोन जफत गरियो।
यही क्रममा इम्फाल ईस्टको एशिंगथेम्बी मापन क्षेत्रबाट प्रतिबन्धित केसीपी (एमएफएल) संगठनसित जोड़िएको युमनाम कोको सिंह (23) लाई उसको घरबाट हिरासतमा लिइयो।
पाँचै आरोपी पुलिस हिरासतमा छन् र मामिलाको जाँच जारी छ ताकि यिनीहरूको नेटवर्क र गतिविधिहरूको थप जानकारी जुटाउन सकियोस्।
हिन्दुस्थान समाचार / भवानी थामी