नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। छत्तीसगढ़को दुर्गमा बलजफ्ती धर्म परिवर्तन र मानव तस्करीको आरोपमा पक्रा गरेका तीन कैथोलिक ननको मामिला चर्किन थालेको छ। लोकसभाले नेता प्रतिपक्ष राहुल गान्धी र कांग्रेस महासचिव केसी वेणुगोपालले यसलाई अल्पसंख्यकहरूको उत्पीड़न बताए।
राहुल गान्धीले सोशल मीडिया प्लेटफार्म एक्समा लेखेका छन्, छत्तीसगढ़मा दुई कैथोलिक ननहरूलाई उनीहरूको आस्थाको कारण जेल पठाइएको छ। यो न्याय नभएर भीड़तन्त्र हो। उनले यसलाई एक प्याटर्न बताउँदै भने, वर्तमान शासनमा अल्पसंख्यकहरूको व्यवस्थित उत्पीड़न भइरहेको छ। सांसदहरूले संसदमा यस मुद्दामा विरोध-प्रदर्शन गरे। हामी चुप लागेर बस्नेछैनौं। धार्मिक स्वतन्त्रता एक संवैधानिक अधिकार हो र हामी ननहरूको तत्काल रिहाई र यस अन्यायको निम्ति जवाबदेहीको माग गर्दछौं।
कांग्रेस महासचिव वेणुगोपालले भने, दुर्गमा कैथोलिक ननहरूको गिरफ्तारी र उत्पीड़न विरूद्ध सांसदहरूले संसद बाहिर प्रदर्शन गरे। बिना कुनै अपराधको ननहरूलाई हिंसक भीड़ले लक्षित गऱ्यो र अल्पसंख्यकहरूलाई डराउने षड़यन्त्र रचिँदैछ। उनले आरोप लगाए, यस सरकारमा अल्पसंख्यकहरूको साथ अपराधीहरू जस्तो व्यवाहर गरिँदैछ।
उल्लेख्य, 26 जुलाईमा छत्तीसगढ़ पुलिसले बजरंगदल पदाधिकारीको शिकायतमा मानव तस्करी र बलजफ्ती धर्म परिवर्तनको आरोपमा दुर्ग रेलवे स्टेशनबाट तीन केटीहरूलाई आगरा लगिरहेका दुई नन र एक अन्य महिलालाई पक्राउ गरेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी