एसआईआरको विरोधमा संसद भवन परिसरमा विपक्षी सांसदहरूको प्रदर्शन
एसआईआर


नयाँ दिल्ली, 28 जुलाई (हि.स.)। संसदको मनसून सत्रको 6औं दिन कांग्रेस समेत विपक्षी दलहरूका सांसदहरूले बिहारमा मतदाता सूचीको गहन पुनरीक्षण (एसआईआर) विरूद्ध प्रदर्शन गरे। यस अवधि सांसदहरूको हातमा पोस्टर थियो, जसमा 'स्टप एसआईआर' र 'एसआईआर लोकतन्त्रको निम्ति खतरा' जस्ता नारा लेखिएको थियो। यस बाहेक सांसदहरूले यसलाई फिर्ता लिने नारा पनि लगाए।

यस प्रदर्शनमा कांग्रेस अध्य़क्ष मल्लिकार्जुन खरगे, कांग्रेस संसदीय दलकी अध्यक्ष सांसद सोनिया गान्धी, लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धी, सपा अध्यक्ष अखिलेश यादव, कांग्रेस महासचिव एवं सांसद प्रियंका गान्धी, लोकसभामा कांग्रेसका उपनेता गौरव गोगोई, चरणजीत सिंह चन्नी, सपाका रामगोपाल यादव, अयोध्याका सांसद अवधेश प्रसाद सिंह, प्रमोद तिवारी, रंजीत रंजन बाहेक तमाम नेताहरूले भाग लिए।

चुनाउ आयोगले हालमा एसआईआरको पहिलो चरण (24 जून - 25 जुलाई) को निष्कर्षहरू जारी गऱ्यो। यस रिपोर्ट अनुसार, पूरा राज्यमा 7.24 करोड़ (91.81 प्रतिशत) मतदाताहरूले आफ्नो डेटा प्रस्तुत गरे जबकि 22 लाख (2.83 प्रतिशत) मतदाताहरूको मृत्यु भइसकेको छ। यस बाहेक 36 लाख (4.59 प्रतिशत) मतदाता स्थायी रूपमा स्थानान्तरित भए वा उनीहरूको उपस्थिति सत्यापित भएन औं 7 लाख (0.89 प्रतिशत) मतदाताहरूको नाम एकभन्दा अधिक ठाउँ पंजीकृत पाइयो। बीएलओलाई यीमध्ये धेरै मतदाताहरूको पत्तो लागेन, जसको कारण स्थानान्तरण, गैर-उपस्थिति या फारम जमा नगर्नु हुनसक्छ। आयोग मुताबिक, यी डेटाको सत्यता 01 अगस्तदेखि 01 सेप्टेम्बर 2025 को दावी र आपत्ति अवधिमा ईआरओ या एईआरओद्वारा जाँचपछि स्पष्ट हुनेछ र दोहोरो पञ्जीकरण भएका मतदाताहरूको नाम केवल एक ठाउँ कायम राखिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande