नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। भारतले मंगलवार लगातार दोस्रो दिन ‘प्रलय’ मिसाइल प्रणालीको अधिकतम र न्यूनतम सीमा क्षमताको सत्यापन गर्न दुई उड़ान परीक्षण गऱ्यो। नयाँ पीढ़ीको सतहदेखि सतहमा मार गर्ने कम दूरीको यस मिसाइलको परीक्षण ओडिशा तटको कलाम द्वीपबाट गरियो। मिसाइलहरूले निर्धारित प्रक्षेप पथको सठीक अनुसरण गरे औं सबै परीक्षण उद्देश्यहरूलाई पूरा गर्दै सठीकताको साथ लक्ष्य बिन्दूमा पुगे।
रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले यस मिसाइललाई विकसित गरेको छ, जसको परीक्षण रेञ्ज 475 किलोमीटरसम्म थियो। सतहदेखि सतहमा मार गर्ने यस मिसाइलको मारक क्षमता 500 किमीसम्म छ। यस मिसाइललाई पश्चिमी र उत्तरी सीमामा तैनाथ गरिने सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ। मिसाइल निशानामा पाकिस्तानका धेरै प्रमुख एयरबेस र महत्वपूर्ण चीनी ठेगानाहरू आउनेछ। यस मिसाइललाई उच्चस्तरीय दुश्मन ठेगानाहरू, जस्तै हवाई अड्डा, आपूर्ति डिपो र सैन्य ठेगानाहरूमा सठीक हमलाको निम्ति डिजाइन गरेको छ।
डीआरडीओले 28 जुलाईमा पनि बैलिस्टिक मिसाइलको मूल्यांकन परीक्षण गरेको थियो। लगातार दुई दिन मिसाइलले 475 किमीसम्मको रेञ्जमा आफ्नो सबै उद्देश्यहरूलाई पूरा गऱ्यो। सोही अवधि धेरै उपकरणहरूको माध्यमले तट रेखाबाट यसको प्रक्षेपणको निगरानी गरियो। मिसाइलले उच्च डिग्रीको सठीकताको साथ निर्दिष्ट लक्ष्यलाई निशाना बनायो। मिसाइलको सबै उप-प्रणालीहरूले पनि सन्तोषजनक प्रदर्शन गऱ्यो। सबै सेन्सरले मिसाइल प्रक्षेपवक्रलाई ट्र्याक गरी सबै घटनाहरूलाई केप्चर गऱ्यो। सतहदेखि सतगसम्म मार गर्ने मिसाइल 500-1000 किलोग्रामका भार बोक्नमा सक्षम छ। यसलाई मोबाइल लाञ्चरबाट पनि लाञ्च गर्नसकिन्छ।
रक्षा मन्त्री राजनाथ सिंहले प्रलय मिसाइल प्रणालीको सफल उड़ान परीक्षणहरूको निम्ति डीआरडीओ, सशस्त्र बलहरू र उद्योग जगतलाई बधाई दिए। उनले भने, आधुनिक तकनीकले सुसज्जित यो मिसाइल खतराहरू विरूद्ध हाम्रो सशस्त्र बलहरूलाई अझ् अधिक तकनीकी बल दिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी