पाकिस्तानप्रति राहुल गान्धीको सहानुभूतिलाई संसदमा अनुराग ठाकुरले उदाङ्गो पारिदिए
पाकिस्तानप्रति राहुल गान्धीको सहानुभूतिलाई संसदमा अनुराग ठाकुरले उदाङ्गो पारिदिए


हमिरपुर, 29 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा), हमिरपुर जिल्लाकी उपाध्यक्ष उषा बिरलाले संसदमा आतंकवाद र सिन्दूर अपरेशनमाथि भएको चर्चामा हमिरपुरका सांसद अनुराग ठाकुरले दिएको भाषणको सराहना गर्दै भनिन्, अनुराग ठाकुरले विपक्षलाई उसको दोहोरो चरित्रको निम्ति पूर्ण रूपले एक्सपोज गरिदिएका छन्। संसदमा उनको भाषणले राहुल गान्धी नेतृत्वाधिन कंग्रेसको पाकिस्तानी पक्षधरतालाई देश सामु नङ्गाइदिए।

उषा बिरलाले भनिन्, जतिबेला देशको संसदमा पहलगाम आतंकवादी हमला जस्तो गम्भीर मुद्दामा गहन चर्चा भइरहेको थियो, कंग्रेस नेताहरूले पाकिस्तानको पक्ष लिनु अत्यन्त लज्जास्पद हो। विशेष पूर्व गृहमन्त्री पी. चिदम्बरमको बयान निन्दनीय मात्र नभएर कंग्रेसको पुरानो मानसिकतालाई पनि दोहोऱ्याउँछ जसमा आतंकवादमाथि कठोर कदम उठाउनको सट्टा पाकिस्तानलाई 'प्रमाण' दिने र 'बातचित' गर्ने कुराहरू गरिन्छ।

उनले भनिन्, अनुराग ठाकुरले आफ्नो भाषणा स्पष्ट पारे, अब भारतले पाकिस्तानलाई डोजियर होइन, डोज दिनेछ। प्रमाण होइन आतंकवादका आकाहरूलाई ताबुत पठाउनेछ। उनले प्रश्न उठाइन्, के कंग्रेसलाई भारतको सुरक्षाभन्दा बढ़ी पाकिस्तानको छविको चिन्ता छ, के भोट ब्यांकको राजनीतिमा कंग्रेस यहाँसम्म झरिसकेको छ कि जवानहरूको बलिदालनलाई नै भुल्ने?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande