हरिद्वार, 29 जुलाई (हि.स.)। आफ्नै नाबालिक छोरीको यौन शोषण गराएको आरोपमा जेलमा थुनिएकी पूर्व भाजपा नेत्री तथा उसकी कथित प्रेमी सुमितलाई पुलिसले रोशनाबाद जिल्लाबाट कस्टडीमा लिएको छ। एसआईटीको निगरानीमा दुवै आरोपीलाई मथुरा तथा आगरा लगेर पुलिसले केही महत्वपूर्ण साक्षी तथा दस्तावेज जुटाउन सक्छ। भाजपा नेत्रीलाई पुलिस रिमाण्डमा लिइएपछि केही सादा पोशाकधारीहरूको निद्रा उड़ेको छ।
वास्तवमा अदालतले दुवैलाई तीन दिनसम्म पुलिस रिमाण्डमा राख्ने अनुमति दिएको थियो। पुलिसले जेलमा पुगेर दुवैलाई आफ्नो रिमाण्डमा लियो। यस अवधि पुलिसले आरोपीहरूलाई मीडियासित बातचित गर्न दिएन। मामिलाको अनुसन्धान गर्ने क्रममा थाहा लागे अनुसार घटनासित सम्बन्धित केही महत्वपूर्ण प्रमाण आगरा र मथुरामा छ जसमा होटलमा बसेको रेकर्ड, सीसीटीभी फुटेज तथा मोबाइल लोकेशन डेटा सामेल छन्। यही तथ्यहरूको पुष्टि एवं दस्तावेजी प्रमाण जुटाउनको लागि पुलिसले कोर्टमा रिमाण्डको उजुरी दर्ता गरेको थियो।
उल्लेखनीय छ, आफ्नी नाबालिक छोरीलाई फकाएर पूर्व भाजपा नेत्री अनामका शर्मा र उसको प्रेमी सुमित पटवाल र अर्को साथीसित शारीरिक सम्बन्ध राख्नको लागि बाध्य बनाएको आरोपमा रानीपुर पुलिसले मुद्दा दर्ता गरी दुवैलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा अनामिका शर्माले आफ्नो पतिमाथि आफूलाई फसाएको आरोप लगाउँदै मामिला सम्पत्तिसित जोड़िएको बताइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा