सीएम योगी आदित्यनाथले प्रधानमन्त्रीको प्रस्तावित जनसभा स्थलको निरीक्षण गरे
सीएम योगी आदित्यनाथले प्रधानमन्त्रीको प्रस्तावित जनसभा स्थलको निरीक्षण गरे


-सीएमले भने, प्रधानमन्त्रीको कार्यक्रमका सबै तयारीहरू समयमै पूरा गर्नुहोस्

वाराणसी, 29 जुलाई (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसी दौड़ाहको दोस्रो दिन मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित जनसभा स्थलको निरीक्षण गरे।

मुख्यमन्त्री योगी प्रधानमन्त्रीको विकास खण्ड सेवापुरीको ग्राम सभा बनौलीमा आगामी 2 अगस्तमा प्रस्तावित जनसभा स्थलमा पुगे। उनले निरीक्षण गरेपछि अधिकारीहरूलाई निर्देश दिए, कार्यक्रम स्थलमा आउने मानिसहरूलाई कुनै पनि प्रकारको समस्या हुनु हुँदैन। पिउने पानी, शौचालय, हावा आदिको व्यवस्था लगायत कार्यक्रम स्थलमा सबै प्रकारको व्यवस्था समयमै पूरा गर्नुहोस्। मुख्यमन्त्रीले कारय्क्रम स्थल एवं यस वरपर सुरक्षाको कड़ा व्यवस्था सुनिश्चित गराए। साथै यातायात व्यवस्थालाई पनि सुगम बनाए। वाहनहरूको लागि उचित स्थानमा समुचित पार्किंग व्यवस्था गर्नको लागि पुलिस अधिकारीहरूलाई निर्देशित गरे।

कमिश्नर एस. राजलिंगमले मानचित्रको माध्यमबाट कार्यक्रम स्थलमा गरिने व्यवस्थाहरूको सम्बन्धमा मुख्यमन्त्रीलाई विस्तारपूर्वक अवगत गराए। यस अवधि मुख्यमन्त्री योगीसित प्रदेशका श्रम एवं सेवायोजन, समन्वय मन्त्री अनिल राजभर, आयुष एवं खाद्य सुरक्षा राज्यमन्त्री (स्वतन्त्र प्रभार) डा. दयाशंकर मिश्र 'दयालु', एमएलसी हंसराज विश्वकर्मा, धर्मेन्द्र सिंह, विधायक डा. अवधेश सिंह, विधायक सुशिल सिंह, कमिश्नर एस. राजलिंगम, पुलिस कमिश्नर मोहित अग्रवाल, जिल्लाधिकारी सत्येन्द्र कुमार सहित अन्य अधिकारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande