दिल्ली पुलिसको खुलासापछि ममता ब्यानर्जीमाथि बर्सिए शुभेन्दु अधिकारी
दिल्ली पुलिसको खुलासापछि ममता ब्यानर्जीमाथि बर्सिए शुभेन्दु अधिकारी


कोलकाता, 29 जुलाई (हि. स.)। मालदहका एक जना प्रवासी श्रमिकसित भएको कथित दुर्व्यवहारको मामिलामा दिल्ली पुलिसले ठूलो खुलासा गरेको छ। पुलिसको भनाइ छ, सोशल मीडियामा भाइरल भएको भीडियो एक राजनीतिक षड़यन्त्र अन्तर्गत गरिएको थियो। यसको तुरून्तै पछि गए सोमवार राति पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यनार्जीमाथि सोझै प्रहार गरे। शुभन्दुले आफ्नो आधिकारिक एक्स ह्याण्डलमा लेखे, जनताले थाहा पाइसकेका छन् कि ममता झुटो छिन्। मुख्यमन्त्रीले गत 27 जुलाई, 2025-को एउटा पोस्टमा दाबी गरेकी थिइन्, दिल्लीमा आधार सत्यापनको नाममा दिल्ली पुलिसले एकाजना बंगाली भाषी महिला र उसको छोरामाथि कुटपिट गऱ्यो।

विश्वसनीय सूत्र अनुसार महिला सजनूर परविनले शुरूआतमा दाबी गरेकी थिइन्, गत 25 जुलाईमा चारजना मानिसहरू जसले आफूलाई पुलिसकर्मी बताइरहेका थिए, उनीहरूको घरमा आए अनि उनीहरूमा बंगलादेशी नागरिक रहेको आरोप लगाए। त्यसको दोस्रो दिन अर्थात 26 जुलाईमा सजनूर र उसको दुईजना नानीहरूलाई बलजफ्ती मंगलम अस्पताल नजिक पार्कमा लग्यो अनि बलजफ्ती हिरासतमा लियो। त्यसपछि 25 हजार रुपियाँ फिरौती दिए मात्र छोड़्ने धम्की दियो। तर सीसीटीभी फुटेजमा सबै विसंगतीहरू स्पष्ट रूपमा देखिएको छ! यसमा स्पष्ट रूपमा देखिएको छ, सजनूर एक्लै आफ्नो नानीरूलाई लिएर घरदेखि बाहिरिएकी छे जुन बल प्रयोगको दाबीसित मेल खाँदैन। उसले पहिला नै स्वीकार गरिसकेकी छे कि उसले कतिपय मानिसहरूको उक्साहटमा आएर यस्तो झुटो कथा बनाएकी थिई। वास्तवमा उसले आफ्नो मामा जो एकजना राजनीतिक कार्यकर्ता हुन,-ले एकजना पत्रकारको भनाइमा यस्तो झुटो कथा बनाएकी थिई।

उल्लेखनीय छ, मुख्यमन्त्री ममता ब्यानर्जीले केही दिनपूर्व दिल्ली पुलिसमाथि आरोप लगाएकी थिइन्, आधार जाँचको नाममा बंगालका एक जना प्रवासी श्रमिककी पत्नी र नानीहरूलाई दिल्ली पुलिसद्वारा कुटपिट गरियो। उनले सोशल मीडियामा भीडियो साझा गर्दै यसलाई भाजपाको भाषा आतंकवाद -को संज्ञा दिएकी थिइन्। ममता ब्यानर्जीले प्रश्न उठाएकी थिइन्, के अब बंगालीहरूलाई आफ्नो भाषा बोलेकोमा सताइननेछ?

दिल्ली पुलिसले मामिलाको जाँचपछि स्पष्ट पारेको छ, भाइरल भीडियो पूर्ण रूपले गढ़िएको थियो। सीसीटीभी फुटेजानुसार महिला आफ्ना नानीहरूसित सामान्य रूपमा बाहिर निक्लिँदै गरेको देखिएको छ भने कुटपिट जस्तो घटना भएकै छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande