पर्खाल भत्किएर दुई जनाको मृत्यु, दुई जना घाइते
पर्खाल भत्किएर दुई जनाको मृत्यु, दुई जना घाइते


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। उत्तरी दिल्लीको सिभिल लाइन क्षेत्रमा मंगलवार बिहानबाटै परिरहेको पानीबीच एक 15 फुटको पर्खाल भत्कियो। यस दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने दुई जना घाइते भए। स्थानीय पुलिस मुताविक मृतकहरूको पहिचान मीरा (40) र छोरा गनपत (17)- को रूपमा भएको छ। जबकि घाइतेहरूको पहिचान दशरश (19) र नन्हे (35)-को रूपमा भएको छ। दुर्घटनाको सूचना पाउनसाथ पुलिस अतिरिक्त दमकल विभाग, डीडीएमए र एनडीआरएफको दल घटनास्थलमा पुगे। क्राइम टीम र एफएसएसलाई पनि घटनास्थलमा बोलाइयो। हाल सिभिल लाइन पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

दमकल विभागानुसार मंगलवार बिहान 9.53 बजr सूचना प्राप्त भयो, प्लट नम्बर एक सिभिल लाइन नजिक पर्खाल भत्किएको छ। खबर पाउनसाथ तीनवटा दमकल वहनहरूलाई घटनास्थल तर्फ पठाइयो। दमकल अधिकारीहरू अनुसार घटनास्थलमा पुग्दा थाहा लाग्यो कि 15 फुट अग्लो पर्खाल झरेको छ र चारजना मानिसहरू अवशेषहरूमा पुरिएका छन्। दमकल कर्मीहरूले अवशेषहरूलाई हटाएर चारैजनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले आमा-छोरालाई मृत घोषित गरिदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande