असमका मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सोनोवालसित गरे भेट, विभिन्न मुद्दाहरूमा गरे विचार-विमर्श
असमका मुख्यमन्त्रीले केन्द्रिय मन्त्री सोनोवालसित गरे भेट, विभिन्न मुद्दाहरूमा गरे विचार-विमर्श


गुवाहाटी/नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा अहिलेघरि दिल्ली भ्रमणमा छन्। यहाँ उनले केन्द्रिय मन्त्री तथा पार्टीका वरिष्ठ नेताहरूसित भेट गरिरहेका छन्। यसै क्रममा मंगलवार उनले केन्द्रिय मन्त्री सर्बानन्द सोनोवालसित भेट गरी विभिन्न मुद्दाहरूमा विचार-विमर्श गरे।

असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा र केन्द्रिय पत्तन, पोत परिवहन एवं जलमार्ग मन्त्री सर्बानन्द सोनोवालको यो भेट संसदमा भएको हो। दुवै नेताहरूले संसद भवन परिसरमा सौहार्दपूर्ण तथा सार्थक चर्चा गरे। उनले राष्ट्रिय हत तथा असमको विकाससित सम्बन्धित केही महत्वपूर्ण मुद्दाहरूमाथि विचार-विमर्श गरे।

उल्लेखनीय छ, असमका मुख्यमन्त्री बितेका केही दिनदेखिको दिल्ली प्रवासमा छन्। यस अवधि उनले प्रधानमन्त्री नरेन्द्र मोदी, वित्त मन्त्री निर्मला सीतारमण समेत अन्य केन्द्रिय मन्त्रीहरूसित भेट गरी असमको विकास परिदृश्यलाई लिएर चर्चा गरे। साथै उनले असमको विकासलाई अझ अगाड़ि बढ़ाउनको लागि केन्द्रिय सहयोगको आह्वान गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande