सीएपीलाई झट्का, जिल्ला उपाध्यक्षले दिए राजीनामा
सीएपीलाई झट्का, जिल्ला उपाध्यक्षले दिए राजीनामा


गान्तोक, 29 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमलाई ठूलो झट्का लागेको छ। सीएपीको जिल्ला उपाध्यक्ष एवं नामथाङ रातेपानी निर्वाचन क्षेत्रबाट गए आम चुनाउका उम्मेदवार हरि चन्द्र छेत्रीले राजीनामा दिएका छन्।

हरि चन्द्र छेत्रीले आज जारी आफ्नो राजीनामा पत्रमा जिल्ला उपाध्यक्ष लगायत सीएपीको सदस्यताबाट राजीनामा दिइरहेको कुरा बताएका छन्। उनले आफ्नो व्यक्तिगत कारणले राजीनामा दिइरहेको पनि राजीनामा पत्रमा उल्लेख गरेका छन्।

उल्लेखनीय छ, सीएपी नेता एवं 2024 को आम चुनाउमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रबाट उम्मेदवार पूजन छेत्री खडका एसकेएम पार्टीमा सामेल भएका छन्। केही दिनअघि पनि सीएपीका दुई वरिष्ठ नेतृत्वहरूले राजीनामा दिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande