गान्तोक, 29 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका नेता पूजन छेत्री खडका सत्तारुढ़ एसकेएम पार्टीमा सामेल भएका छन्। वरिष्ठ अधिवक्ता खडका 2024 को आम चुनाउमा गेजिङ बर्मेक निर्वाचन क्षेत्रबाट सीएपीका उम्मेदवार थिए। मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष पीएस तामाङले आज उनलाई पार्टीमा स्वागत जनाएका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा सीएपी नेता पूजन छेत्री खडका आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएको जानकारी गराएका छन्। उनले एसकेएममा सामेल हुने उनको निर्णयलाई प्रगतिशील, समावेशी र जनताकेन्द्रित शासनप्रति हाम्रो साझा प्रतिबद्धताको प्रतिबिम्ब हो भनी बताएका छन्।
मुख्यमन्त्रीले खडकाको कानुनी अनुभव र तल्लो तहका वास्तविकताहरूको गहिरो बुझाइले निस्सन्देह हाम्रो सामूहिक दृष्टिकोणलाई बलियो बनाउनेछ र हाम्रो चलिरहेको आन्दोलनमा बहुमूल्य गति थप्ने विश्वास व्यक्त गरेका छन्। उनले एकता, अखण्डता र समर्पित सार्वजनिक सेवाको आदर्शबाट प्रेरित भएर निकट समन्वयमा सँगै काम गर्न तत्पर छौं भनी बताएका छन्।
हिन्दुस्थान समाचार / बिशाल