बेजिङ, 29 जुलाई (हि.स.)। चीनको राजधानी बेजिङमा भारी वर्षा र बाढ़ीले 30 जनाको ज्यान गएको छ। जबकि 80 हजार मानिसलाई सुरक्षित ठाउँहरूमा पुऱ्याइएको छ। बेजिङ मौसम विज्ञान सेवाको अनुमान छ कि मंगलवारसम्म मूसलधारे पानी पर्नु जारी रहनेछ। जसबाट स्थिति अझ् बिग्रिने आशंका छ।
ग्लोबल टाइम्स अनुसार, बेजिङमा अत्यधिक पानी परिरहेकोले भारी नोकसान भएको छ। आपदाको कारण शहरभरिमा कूल 30 जनाको ज्यान गएको छ, जसमा मियुन जिल्लामा 28 र यानकिङ जिल्लामा 2 जनाको मृत्यु भएको छ। यसका साथै बेजिङमा बाढ़ीमा फंसेका कूल 80,332 जनालाई सुरक्षित स्थानहरूमा स्थानान्तरित गरिएको छ। तीन जिल्ला मियून, हुआइरो र फांगशानमा सबैभन्दा धेरै संख्यामा मानिसहरूलाई स्थानान्तरित गरिएको छ।
मियून र हुआइरौ जिल्लामा भीषण बाढ़ीले भएको भारी जनहानि र सम्पत्तिको क्षतिलाई मध्यनजर राखेर राष्ट्रिय विकास र सुधार आयोगले आपातकालीन पुनर्वास प्रयासहरूमा बेजिङको सहायताको निम्ति केन्द्र सरकारबाट बजेटबाट 200 मिलियन युआन (27.9 मिलियन डलर) को तत्काल राशि आवंटित गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी