भागलपुर, 29 जुलाई (हि.स.)। जिल्लाको बबरगंज थाना क्षेत्र अन्तर्गत हुसैनाबाद कोवाली मैदानमा मंगलवार त्यस समय कोकोहोरो मच्चियो जब एक युवकको शव संदिग्ध अवस्थामा भेटियो।
मृतकको पहिचान छोटू कुरैशीको रूपमा गरिएको छ। युवकको शरीरमा धेरै ठाउँ घाउँको निशान पाइएको छ। जसबाट घटनालाई लिएर हत्याको आशंका व्यक्त गरिँदैछ। घटनाको सूचना पाउनसाथ बबरगंज थाना पुलिस घटनास्थलमा पुग्यो र पूरा क्षेत्रको घेराउ गरी फोरेन्सिक टीमलाई बोलाइयो।
शव भेटिएको खबरले घटनास्थलमा भारी संख्यामा गाउँहरूले जमा भए औं ना-ना थरीको चर्चा शुरू भयो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाएको छ र मामिलाको जाँच शुरू गरिएको छ। सिटी डीएसपी टू राकेश कुमारले बताए, शवको पहिचान भइसकेको छ र हत्या अथवा अन्य कोणहरूबाट पनि जाँच भइरहेको छ। छिट्टै नै पूरा मामिलाको खुलासा गरिनेछ। पुलिसद्वारा वरपरका क्षेत्रहरूमा लगाइएको सीसीटीभी फुटेजको जाँच भइरहेको छ र परिजनसित पनि सोधपुछ भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी