ईश्वर चन्द्र विद्यासागरको पुण्यतिथिमा केन्द्रिय मन्त्री धर्मेन्द्र प्रधानले अर्पित गरे श्रद्धाञ्जलि
विद्यासागर


भुवनेश्वर, 29 जुलाई (हि.स.)। केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले स्वतन्त्रता संग्राम सेनानी, समाज सुधारक ईश्वर चन्द्र विद्यासागरको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पित गरेका छन्।

केन्द्रिय मन्त्री धर्मेन्द्र प्रधानले सोशल मीडिया एक्समा लेखेका छन्, स्वतन्त्रता संग्राम सेनानी, समाज सुधारक र महान विद्वान ईश्वर चन्द्र विद्यासागरको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पित गर्दछु। विद्यासागरले न केवल भारतीय समाजमा व्याप्त अन्धविश्वास र कुरीतिहरू विरूद्ध आवाज उठाए तर उनले नारी शिक्षा र समाजमा समानताको आवश्यकतालाई पनि उजागर गरे। उनको विश्वास थियो, समाजले तबमात्र प्रगति गर्नसक्छ जब त्यसमा हरेक व्यक्ति विशेषगरी महिलाहरू र पछौटे वर्गले समान अवसर पाउँछ। शिक्षाको साथै उनले भारतीय संस्कृति र सभ्यतालाई पनि सशक्त बनाउनका लागि आफ्नो जीवन समर्पित गरे। उनको जीवनले हामी सबैलाई सदैव समाजको उत्थानको निम्ति कार्य गर्न प्रेरित गरिरहनेछ।

उल्लेख्य, ईश्वर चन्द्र विद्यासागरको जन्म 26 सेप्टेम्बर 1820 मा बिरसिंघा गाउँ (वर्तमानमा मेदिनीपुर जिल्ला, पश्चिम बंगाल) मा भएको थियो। उनी महान शिक्षाविद, समाज सुधारक र एक महान विद्वान थिए। उनको विद्वताको कारणले नै उनलाई विद्यासागरको उपाधि दिइएको थियो। उनले स्त्रीहरूको शिक्षा र विधवा विवाह कानूनको निम्ति आवाज उठाए। उनी आफ्नो कार्यहरूको निम्ति समाज सुधारकको रूपमा चिनिन थाले। उनकै प्रयासले साल 1856 मा विधवा-पुनर्विवाह कानून पारित भएको थियो। 29 जुलाई 1891 मा यस महान हस्तीले यस संसारलाई बिदा गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande