मंगलुरू, 29 जुलाई (हि.स.)। कर्नाटकको दक्षिण कन्नड़ जिल्लाको धर्मस्थल गाउँमा भारी संख्यामा शवहरू दफनाइएको सनसनीपूर्ण खुलासापछि विशेष जाँच दल (एसआईटी) को देखरेखमा मंगलवारदेखि धेरै ठाउँ उत्खनन कार्य शुरू भएको छ।
वस्तुतः एक व्यक्तिले वरिष्ठ पुलिस अधिकारीलाई चिट्ठी लेखेर बतायो, उसले गाउँको क्षेत्रमा सैकड़ौं शवलाई दफनाएको छ। शासन र प्रशासनले यस मामिलालाई गम्भीरताले लिँदै जाँचको आदेश दिएको थियो।
आरोपको जाँच महत्वपूर्ण मोड़मा पुगेको छ। मामिलाको गम्भीरतालाई मध्यनजर राखेर राज्य सरकारले एक विशेष जाँच दल (एसआईटी) गठन गरेको छ। एसआईटीले उक्त व्यक्तिसित दुई दिनसम्म लामो सोधपुछ गरेपछि गाउँका 13 ठाउँको पहिचान गऱ्यो, जहाँ कथित रूपमा शव दफनाइएको थियो।
जानकारी अनुसार, एसआईटीले गाउँका 13 चिह्नित स्थलमा उत्खनन कार्य शुरू गऱ्यो। यी चिह्नित स्थलहरूमा नेत्रावती स्नानघट्टको देब्रेपट्टीको क्षेत्र, नेत्रावती स्नानघट्ट र पुलबीचको जंगल, अजिकुरी सड़कको किनारको भाग सामेल छ। यी स्थानहरूमा आज बिहानैदेखि कड़ा सुरक्षाबीच उत्खनन कार्य शुरू भएको छ। लगभग 12 मजदूरहरूको टीम यस कार्यक्रमा जुटेको छ। एसआईटी अधिकारीहरूको साथ चिकित्सक, ग्राम पञ्चायत सदस्य र अन्य स्थानीय प्रशासनिक अधिकारी घटनास्थलमा उपस्थित छन्।
हिन्दुस्थान समाचार / भवानी थामी