जौनपुर, 29 जुलाई (हि.स.)। कलेक्ट्रेट परिसरमा समाजवादी पार्टी (सपा)- को महिला मोर्चाकी जिल्लाध्यक्ष शर्मिला रमेश यादवको नेतृत्वमा मंगलवार सपा कार्यकर्ताहरूले पुलिस अधीक्षकलाई ज्ञापन सुम्पेको छ। ज्ञापन मैनपुरीकी सांसद डिम्पल यादवमाथि गरिएको अभद्र टिप्पणीको विरोधमा सुम्पिइएको हो।
शर्मिला रमेश यादवले बताइन्, समाजवादी पार्टीकी वरिष्ठ नेता एवं मैनपुरीकी सांसद डिम्पल यादव सदैव सदैव महिला सशक्तिकरण, गरिमा औ सम्मानको आवाज बन्दै आइरहेकी छन्। उनीविरूद्ध मौलाना साजिद रशिदीद्वारा हालैमा एक सार्वजनिक मञ्चमा अशोभनीय, अभद्र र आपत्तिजनक टिप्पणी गरिएको छ। यो टिप्पणी एकजना सम्मानित महिला सांसदको अपमान मात्र नभेर समस्त महिलाहरूको सम्मानालाई ठेस पुऱ्याउने किसिमको छ। यो महिलाहरूप्रति दुर्भावना अनि असम्मान फैलाउने नियतले गरिएको हो।
सपा कार्यकर्ताहरूले माग गरेका छन्, मौलाना साजिद रशिदीविरूद्ध तत्काल प्राथमिकी दर्ता गरियोस् साथै उनलाई यथाशीघ्र पक्राउ गरियोस्। यसबाट समाजमा यो सन्देश जानेछ कि महिलाहरूको सम्मानप्रति खेलवाड़ गर्नेहरूलाई छोड़िनेछैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा