गान्तोक, 29 जुलाई (हि.स.)। निरन्तर रूपमा परिरहेको भारी वर्षाले गान्तोक जिल्लाका विभिन्न ठाउॅंमा पैह्रो गएको जानकारी प्राप्त भएको छ। गान्तोक जिल्ला प्रशासनले सम्बन्धित विभागका अधिकारीहरूले सक्रिय रूपमा स्थितिको अनुगमन गरिरहेको र जनताको सुरक्षा सुनिश्चित गर्न सबै आवश्यक उपायहरू अपनाइरहेको बताएको छ।
गान्तोक जिल्लाका जिल्लापाल एवं जिल्ला आपदा प्रबन्धन प्राधिकरणका अध्यक्षको निर्देशनमा आज प्राधिकरणको टोलीले घटनास्थलहरूको निरीक्षण गर्नेछन्। टोलीको अगुवाई गान्तोकका एसडीएमले गर्ने जानकारी जिल्ला प्रशासनले सामाजिक सञ्जालमार्फत गराएको छ।
जिल्ला प्रशासन टोलीले आज देवराली, खादी बोर्ड, नामोङ, मेरुङ र रोङ्गेमा गएको पैह्रोहरूको निरीक्षण गर्नेछ। पुनर्स्थापना सम्भव भएका क्षेत्रहरूमा पैह्रो हटाउने काम भइरहेको छ र फिल्ड कर्मचारीहरूले आवागमनयोग्य बनाउन सक्रिय रूपमा काम गरिरहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल