बोकाखातमा चार दिवसीय वार्षिक ताइक्वाण्डो प्रतियोगिता जारी
बोकाखातमा चार दिवसीय वार्षिक ताइक्वाण्डो प्रतियोगिता जारी


गोलाघाट (असम), 29 जुलाई (हि.स.)। बोकाखातमा असम प्रदेशको तेस्रो वार्षिक ताइक्वाण्डो प्रतियोगिताको दोस्रो दिन सब-जूनियर औ सीनियर वर्गको प्रतियोगिता आयोजना गरियो। गए सोमवारदेखि शुरू भएको प्रतियोगिता गोलाघाट जिल्ला ताइक्वाण्डो संघको तत्वावधानमा बोकाखात जिल्ला ताइक्वाण्डो संघको सहयोगमा बोकाथात उच्चतर माध्यमिक विद्यालयको खुल्लामञ्चमा चार दिनसम्म चल्नेछ। ताइक्वाण्डो प्रतियोगिता 30 जुलाईमा सम्पन्न हुनेछ।

सब-जूनियर औ सीनियर शाखाहरूमा आयोजित यस प्रतियोगितामा असमका 31 वटा जिल्लाका 750 जना प्रतियोगीहरूले भाग लिरहेका छन्। यस प्रतियोगिताका विजेताहरूलाई राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर दिइनेछ। विश्व ताइक्वाण्डोद्वारा मान्यताप्राप्त भारतीय ताइक्वाण्डो संघ अन्तर्गत असम ताइक्वाण्डो संघद्वारा संचालित यस प्रतियोगितामा भाग लिने सबैलाई राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिने अवसर दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande