सरकारी योजनाको नाममा करोड़ौं रुपियाँ ठगी गर्ने दुई आरोपी पक्राउ
सरकारी योजनाको नाममा करोड़ौं रुपियाँ ठगी गर्ने दुई आरोपी पक्राउ


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। दिल्ली पुलिसको आर्थिक अपराध शाखाले राष्ट्र्रिय ग्रामीण साक्षरता मिशन (आरजीएसएम)- को नाममा जाली टेण्डर दिएर व्यापारी तथा विक्रेताहरूबाट करोड़ौं रुपियाँ ठगी गर्ने दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। आरोपीहरूको पहिचान करुणाकर उपनाम रत्नाकर उपाध्याय औ अनिता उपाध्यायको रूपमा भएको छ। आरोपीहरूले नक्कली संस्था आरजीएसएमको नाममा सरकारी योजनालाई आधार बनाएर स्कूलको उर्दी, ब्याग तथा मेडिकल किट आपूर्ति गर्ने बहानामा मानिसहरूबाट करोड़ौं रुपियाँ ठगी गरे।

आर्थिक अपराध शाखाकी डीसीपी अमरूथा गुगुलोथ अनुसार आर्थिक अपराध शाखामा क्याप्टन शिवेन्द्र सिंह बक्शीको सिकायतमा मुद्दा दर्ता गरिएको थियो। सिकायतमा भनिएको छ, आरोपी अनिता उपाध्याय र अन्यले उनलाई आरजीएसएम अन्तर्गत वेण्डर रजिस्ट्रेशन तथा सकारी टेण्डर पाउने प्रलोभन देखाए। स्कूल ड्रेसको आपूर्ति गराए जसको तर भुक्तान गर्नको सट्टा टेण्डर आवन्टनको नाममा सिकायत कर्ताबाट लगभग दुई करोड़ रुपियाँ असुल गरियो।

आर्थिक अपराध शाखाले अहिलेसम्ममा यस्ता तीनजना व्यापारीहरू भेटिसकेका छन् जसले यसै प्रकारको ठगीको सिकायत गरेका छन्। ममिलालाई गम्भीर रूपमा लिएर अनुसन्धान शुरू गरियो जसमा रत्नाकर उपाध्यायले आरजीएसएमको नाममा नक्कली वेबसाइट बनाए अनि अनिता उपाध्यायले एउटा ब्यांक खाता खोलिन्। सिकायतकर्ताहरूबाट यसै खातामा पैसा ट्रान्सफर गराए। ब्यांक रेकर्डबाट थाहा लागे अऩुसार 3.5 करोड़ रुपियाँको राशि नक्कली ट्रष्टको खाताबाट निकालेर व्यक्तिगत रूपमा प्रयोग गरियो।

डीसीपी अनुसार पक्रा पर्ने रत्नाकर उपाध्याय (40) पहिलादेखि नै उप्र औ छत्तीसगढ़मा कैयौं आपराधिक मामिलाहरूमा सामेल रहिसकेको छ। दिल्लीको पहाड़गञ्ज थानामा दर्ता बलात्कारको मामिलामा पनि उ आरोपी हो। अनिता उपाध्याय(35)-ले नक्कली ट्रष्ट आरजीएसएमकी मुखियालाई छत्तीसगढ़ पुलिसद्वारा यस्तै प्रकारको मामिलामा पक्राउ गरिसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande