गुवाहाटी, 29 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले मंगलवार एकपटक फेरि असम प्रदेश कंग्रेस अध्यक्ष एवं जोरहाटका सांसद गौरव गोगोईलाई लिएर अति गम्भीर आरोप लगाएका छन्। तथापि मुख्यमन्त्रीले गोगोई नाम प्रत्यक्ष रूपमा स्मरण नगरे पनि उनको लोकसभा क्षेत्रको उल्लेख गर्दै उनलाई लक्षित गरेका छन्।
मुख्यमन्त्री डा. सरमाले आज सोशल मीडिया एक्समा एउटा पोस्ट शेयर गर्दै गौरव गोगोईलाई असमको लागि कलंक बताए अनि एकजना गौरवशाली भारतीय हुनुको गौरवप्रति विश्वासघात गरेको बताए।
मुख्यमन्त्रीले आफ्नो पोस्टमा भनेका छन्, गए सोमवार संसदमा हाम्रो राज्यका सांसदद्वारा दिइएको भाषणबाट यो कुरा निर्विवाद रूपमा सिद्ध भएको छ कि उनले पाकिस्तानको पक्षमा काम गर्दछन्। उनको गुप्त यात्रा अनि पाकिस्तानी सत्ता प्रतिष्ठानसित घनिष्ठ सम्बन्धले धेरै कुरा बयान गर्छ। उनकी पत्नी र दुईजना नानीहरूको विदेशी नागरिकता भएको कारणले उनले कुनै पनि समय भारत छोड़्न सक्नेछन्।
उल्लेखनीय छ, संसदमा गौरव गोगोईद्वारा सरकारसित सोधिएको प्रश्न तथा लगाइएको आरोपलाई छिमेकी राष्ट्र पाकिस्तानी मीडियाले माथि-माथि उचालिरहेको छ। सम्भवतः पाकिस्तानलाई आपरेशन सिन्दूर-पछि यो पहिलो अवसर प्राप्त भएको होला जतिबेला उसलाई आफ्नो नेरेटिभलाई अगाड़ि बढ़ाउनको लागि कुनै भारतीयको बयानको सहारा प्राप्त भएको होस्। गौरव गोगोईको बयानलाई पाकिस्तानी मीडियाले व्यापक रूपमा प्रचार गरिरहेको छ। यसलाई मध्यनजर गर्दै मुख्यमन्त्रीले गौरव गोगोईमाथि गम्भीर आरोप लगाएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा