कोलकाता, 29 जुलाई (हि. स.)। कोलकाता मेट्रोको ब्लू लाइनमा सोमवार अपरान्हपछि ठूलो तकनिकी कमजोरी देखिएको छ। 'कवि सुभाष' स्टेशनको प्लेटफर्ममा चारवटा खम्बाहरू चर्किएका छन् जसलाई मध्यनजर गर्दै सतर्कतास्वरूव मेट्रो सेवालाई तत्काल बन्द गरिएको छ।
मेट्रो रेलवेका प्रवक्ताले मंगलवार बिहान बताए, गए सोमवारदेखि नै समस्या भइरहेको थियो। त्यसपछि व्यापक रूपमा निरीक्षण गरेपछि खाँबो चर्किएको पत्तो लाग्यो। अहिलेसम्मको जानकारी अऩुसार दक्षिणेश्वरदेखि 'शहीद खुदीराम'-सम्म मात्र ब्लू लाइनका मेट्रो सेवाहरू संचालन भइरहेका छन्।
मेट्रो रेलवेका अधिकारीहरूले बताए, अप लाइन प्लेटफर्ममा रहेका खम्बाहरू चर्किएको पाइएको छ जुन छतसित पनि गाँसिएको छ। हालैमा भएको अविरल वर्षालाई यसको सम्भावित कारण मानिँदैछ।
प्रवक्ता अनुसार चर्किएका खम्बाहरू संरचनात्मक रूपमा प्लेटफर्मको छतसित जोड़िएका हुनाले यात्रीहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै 'कवि सुभाष' स्टेशनमा सेवाहरूलाई अस्थायी रूपमा रोकिएको छ।
मंगलवारदेखि मेट्रो प्रशासनले स्टेशन-स्टेशनमा उद्घोषणा गरेर यो सूचना दिने निर्णय लिएको छ, कुनै पनि ट्रेन 'कवि सुभाष'-सम्म जानेछैन। यद्यपि मेट्रोको अरेञ्ज लाइन जुन हेमन्त मुखर्जी (रूबी अस्पताल क्षेत्र)-देखि 'कवि सुभाष'-सम्म जान्छ, त्यसमा सेवाहरू सामान्य रूपमा जारी छ। अर्थात ब्लू लाइनमा संकट व्याप्त भएको भए पनि अरेञ्ज लाइनका यात्रीहरूलाई कुनै प्रकारको समस्या हुनेछैन।
मेट्रो अधिकारीरूको भनाइ छ, स्थितिको गम्भीरतलाई केन्द्र गर्दै मरम्मत तथा बहालीको काम द्रूत गतिमा गरिँदैछ। तर यो पनि स्पष्ट हुन सकेको छैन कि ‘कवि सुभाष’ स्टेशनमा मेट्रो सेवा फेरि कहिलेदेखि शुरू हुनेछ। तबसम्म ब्लू लाइनमा यात्रा गर्ने यात्रीहरूलाई 'शहीद खुदीराम' सम्म मात्र सीमित रहनुपर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा