कोलकाता, 29 जुलाई (हि.स.)। अविरल वर्षाबीच मंगलवार बिहान कोलकाताको रानी रासमणी रोडमा अवस्थित एउटा पुरानो घर अचानक धराशायी भयो। तथापि यस घटनामा कुनै प्रकारको जनहानि भएको खबर छैन।
प्राप्त जानकारी अनुसार रानी रासमणी रोडस्थित २४ नम्बर घर भत्किएर झऱ्यो। घटनापछि क्षेत्रमा भागदौड़ मच्चियो। सूचना पाउनसाथ पुलिस र नगरनिगमका अधिकारीहरू घटनास्थलमा पुगे। नगरनिगमले उक्त घरलाई पहिलाबाटै जोखिमपूर्ण घोषणा गरेको थियो। घटना हुँदा घर खाली थियो, त्यसैले कुनै ठूलो घटना भएन। पुलिस र नगरनिगमको पक्षबाट घर मालिकसित बातचित गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा