महाराष्ट्रको पालघरको देह व्यापार ऱ्याकेटमा सामेल 3 बांग्लादेशी नागरिक पक्राउ
महाराष्ट्रको पालघरको देह व्यापार ऱ्याकेटमा सामेल 3 बांग्लादेशी नागरिक पक्राउ


मुम्बई, 29 जुलाई (हि.स.)। महाराष्ट्रको पालघर जिल्ला स्थित नायगाउँमा एक आवासीय फ्ल्याटमा चलिरहेको वेश्यावृत्ति ऱ्याकेटको पर्दाफास गर्दै पुलिसले तीन बांग्लादेशी नागरिकलाई पक्राउ गरेको छ र महिलाहरूलाई बचाएको छ। यसमा एक नाबालिग बांग्लादेशी केटी र एक महिला सामेल छन्। पुलिसले यस मामिलाको गहन छानबीन गरिरहेको छ।

सहायक पुलिस आयुक्त (अपराध) मदन बल्लाले मंगलवार मीडियालाई बताए, मीरा भायंदर-वसई विरार पुलिस बलका अधिकारीहरूलाई नायगाउँको एक आवासीय फ्ल्याटमा देह व्यापारको गोपनीय खबर प्राप्त भएको थियो। यही जानकारीको आधारमा पुलिस टीमले आवासीय फ्ल्याटमा छापा माऱ्यो र तीन संगिद्ध एजेन्टहरूलाई घटनास्थलबाट पक्राउ गऱ्यो। घटनास्थलमा नाबालिग केटीलाई देह व्यापारमा धकेलिँदैथियो। पक्रा परेका तीन आरोपीको पहिचान मोहम्मद खालिद बापारी, जुबेर हारुन शेख र शमीन गफ्फार सरदारको रूपमा गरिएको छ, यी सबै बांग्लादेशी नागरिक हुन्। यस मामिलामा बचाइएकी केटी र महिला पनि बांग्लादेशकै हुन् र कथित रूपमा उनीहरूलाई भारतमा तस्करी गरी ल्याइएको थियो र देह व्यापारको निम्ति बाध्य गरिएको थियो। दुवैलाई रेस्क्यू फाउण्डेशनको एक केन्द्रमा राखिएको छ।

यी आरोपीहरू विरूद्ध भारतीय न्याय संहिताको धारा 96 (नानीहरूको किन-बेच), 98 (वेश्यावृत्ति आदिको निम्ति नानीलाई बेच्नु), 143(3), 143(4) (मानव तस्करी) र 144 (तस्करी गरिएको व्यक्तिको शोषण) सहित विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। यसका साथै आरोपीहरूमाथि यौन अपराधहरूबाट नानीहरूको संरक्षण (पोक्सो) अधिनियम र अनैतिक व्यापार (रोकथाम) अधिनियमका प्रावधानहरू अन्तर्गत पनि मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande