ममता ब्यानर्जीले दिइन् चेताउनी- भोटर लिस्टबाट नाम हटाइए गर्नेछौं विरोध, शुभेन्दु अधिकारीले भने- नक्कली नाम हट्ने नै छ
ममता ब्यानर्जीले दिइन् चेताउनी- भोटर लिस्टबाट नाम हटाइए गर्नेछौं विरोध, शुभेन्दु अधिकारीले भने- नक्कली नाम हट्ने नै छ


कोलकाता, 29 जुलाई (हि.स.)। मुख्यमन्त्री ममता ब्यानर्जी फेरि एकपटक भोटर लिस्टबाट नाम हटाउने मुद्दामा आक्रमक भइन्। मंगलवार बीरभूम जिल्लामा आयोजित एक सरकारी कार्यक्रमको मञ्चबाट उनले स्पष्ट रूपमा भनिन्, यदि कुनै वैध मतदाताको नाम मतदाता सूचीबाट हटाइयो भने उसले यसको कड़ा विरोध गर्नुपर्छ। ममता ब्यानर्जीले बूथ स्तरका अधिकारीहरू (बीएलओ)-लाई पनि चेताउनी दिँदै भनिन्, यदि लापरवाही गरेको पत्तो लागे सम्बन्धित अधिकारीहरूबाट जवाफ मागिनेछ।

मुख्यमन्त्रीले भनिन्, हामी बंगालमा वैध मतदाताको नामलाई भोटर लिस्टबाट हटाउन दिनेछैनौं। यदि कसैको नाम हटाइयो भने उसले अवश्य प्रश्न उठाओस्-म जेन्युइन भोटर हुँ, मेरो नाम किन हटाइयो? यो मेरा संवैधानिक अधिकार हो र यसलाई म छोड़्ने छुइनँ। उनले यो पनि दाबी गरिन्, यस सम्पूर्ण प्रक्रियाको माध्यमबाट वास्तवमा एनआरसीलाई लागू गर्ने तयारी गरिँदैछ। त्यसैले उनले जनतासित अपील गरिन्, सबै मानिसहरूले आफ्नो नामलाई मतदाता सूचीमा दर्ता गराउन सुनिश्चित गर्नुपर्छ। विशेष पहिलो पटक भोटर बन्न गइरहेका मानिसहरू र प्रवासी कामगारहरूलाई पनि उनले सतर्क गराइन्, समयमै आफ्नो नाम भोटर लिस्टमा जोड़्नुहोला।

कार्यक्रम अवधि ममताले यो पनि जानकारी दिइन्, बीएलओको भूमिकामा नियुक्त गरिने राज्यकर्मीहरूलाई विशेष प्रशिक्षण दिइँदैछ ताकि उनीहरूले जिम्मेवारीपूर्वक आफ्नो काम गर्न सकुन्। उनले दोहोऱ्याइन्, चुनाउ अवधि बीएलओ चुनाउ आयोगको अधिनमा भए पनि सामान्य दिनमा उनी राज्यका कर्मचारी नै हुन्।

अर्कोतिर मुख्यमन्त्रीको यस आह्वानमा विपक्षका नेता शुभेन्दु अधिकारीले तीव्र प्रतिक्रियाव्यक्त गर्दै भने, यदि मुख्यमन्त्रीले संविधान पढ़ेकी भए यसप्रकारको कुरा नै गर्ने थिइनन्। मतदाता सूचीबाट अवैध तथा नक्कली नामलाई कुनै स्थितिमा हटाइनेछ। यसलाई कसैले पनि रोक्न सक्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande