बिजनौर, 29 जुलाई (हि.स.)। उत्तर प्रदेशमा जिल्ला बिजनौरको थाना नजीबाबाद गाउँ अलीपुरमा मंगलवार एक व्यक्तिले आफ्नी पत्तीको सुतिरहेको बेला चक्कूले गला रेतेर हत्या गऱ्यो। हत्या गरेपछि उसले आफै पनि कीटनाशक पियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर व्यक्तिलाई अस्पतालमा भर्ती गराएको छ।
नजीबाबाद थाना प्रभारीले बताए, गाउँ अलीपुर निवासी नजाकतले आफ्नी पत्नी साहिबा (32) को एक बजी राति त्यस समय चक्कुले गला रेतेर निर्ममतापूर्वक हत्या गऱ्यो, जब उ सुतिरहेकी थिइ। नानीहरू चिच्याएको सुनेर वरपरका छिमेकीहरू घटनास्थलमा पुगे।
सूचना पएपछि घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर गाउँलेहरूसित सोधपुछ गऱ्यो। परिवारबाट थाहा लाग्यो कि 55 वर्षीय नजाकतकी पत्नी आय़ुमा धेरै सानी थिई। उसले साहिबासित दोस्रो बिहे गरेको थियो। साहिबाको अन्य कुनै व्यक्तिसित अवैध सम्बन्ध छ भन्ने उसलाई शंका थियो। जसलाई लिएर दुवैमा झगड़ा हुनेगर्थ्यो। अन्ततः यही शंकाले साहिबाको ज्यान लियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले परिजनको शिकायतमा मामिला दर्ता गरी जाँच शुरू गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी