एनआईएले श्रीनगर भिड़न्तमा पहलगाम हमलाको मास्टरमाइन्ड मारिएको जाँच शुरू गऱ्यो
एनआईए


श्रीनगर, 29 जुलाई (हि.स.)। पहलगाम आतङ्की हमलाको कथित मास्टरमाइन्ट समेत दुई आतङ्की श्रीनगर नजिक सुरक्षाबलहरूको साथ भिड़न्तमा मारिएको जाँच एनआईएको एक टीमले मंगलवार शुरू गरेको छ। एनआईएको टीम मंगलवार बिहानै तीनै आतङ्कीहरूको शवको पहिचान गर्न पुलिस नियन्त्रण कक्ष (पीसीआर) पुग्यो।

अधिकारीहरूले बताए, पहलगाम हमलामा प्रयोग गरिएको सेटेलाइट फोन पुनः एक्टिव भएको जानकारी पाएपछि सुरक्षाबलहरूले अपरेशन 'महादेव' शुरू गरेको थियो। सेनाका विशिष्ट प्यारा कमान्डोहरूले सोमवार पहलगाम हमलाको कथित मास्टरमाइन्ड सुलेमान उर्फ आसिफलाई उसका दुई साथीको साथ दाचीगाम राष्ट्रिय उद्यान नजिक हरवान क्षेत्रको मुलनारमा एक भिड़न्तमा मारेका थिए। कारबाहीमा मारिएका अन्य दुई आतङ्कीको पहिचान जिब्रान र हमजा अफगानीको रूपमा गरिएको छ। जिब्रान कथित रूपमा गत साल अक्टोबरमा गगनगीरमा सोनमर्ग सुरंग परियोजनामाथि भएको आतङ्की हमलामा सामेल थियो। यस हमलामा एक डाक्टर समेत सात जना मारिएका थिए।

अधिकारीहरू अनुसार, मारिएका आतङ्कीहरूको शव सोमवार अबेर राति भिड़न्त स्थलबाट पीसीआरमा ल्याइयो। एनआईएको टीमले दुई-तीन जनाको समूहहरूमा गवाहहरूसित सोधपुछ गरिरहेको छ ताकि मारिएका आतङ्कीहरूमा सुलेमान शाह पनि सामेल छ यो सुनिश्चित गर्न सकियोस्। सोमवार भिड़न्त स्थलबाट एक एम4 कार्बाइन राइफल, दुई एके राइफल र अन्य हतियार जफत गरिएको थियो। गोप्य जानकारी पाएदेखि क्षेत्रमा आतङ्कीहरूको अझ् एक समूहको उपस्थितिको पत्तो लाग्दा अपरेशन जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande