पहलगाममा 26 पर्यटकको नृशंस हत्या गर्ने तीन आतङ्की मारिए, लोकसभामा बोले गृहमन्त्री
पहलगाममा 26 पर्यटकको नृशंस हत्या गर्ने तीन आतङ्की मारिए, लोकसभामा बोले गृहमन्त्री


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। जम्मू-कश्मीरको पहलगाममा 22 अप्रेलमा धर्म सोधेर 26 पर्यटकको नृशंक हत्या गर्ने तीनै आतङ्कीलाई सोमवार एक संयुक्त अभियानमा सुरक्षाबलहरूले मारेको छ।

केन्द्रिय गृहमन्त्री अमित शाहले आज लोकसभामा अपरेशन सिन्दूरमा सोमवारदेखि जारी चर्चामा भाग लिँदै सदन र देशको साथ यो जानकारी साझा गरे। उनले भने, म सदनको माध्यमले हिजो भएको 'अपेरशन महादेव' को जानकारी पूरा देशलाई दिन चाहन्छु। हिजो 'अपेरशन महादेव' मा सुलेमान, अफगान र हमज़ा जिब्रान नाम गरेका तीन आतङ्की सेना, केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) र जम्मू कश्मीर पुलिसको संयुक्त अभियानमा मारिए।

गृहमन्त्रीले भने, सुलेमान, लश्कर ए तैयबाको ए श्रेणीको कमाण्डर थियो। उ पहलगाम र गगनगीर आतङ्की हमलामा लिप्त थियो, हाम्रा एजेन्सीहरूसित यसको धेरै साक्ष्यहरू छन्। अफगान र हमज़ा जिब्रान पनि ए ग्रेडका आतङ्कवादी थिए, जो हाम्रो राष्ट्रिय सुरक्षाको निम्ति गम्भीर खतरा थिए। 22 मईमा सेन्सरको माध्यमले आतङ्कीहरूको उपस्थितिको पुष्टि भयो। फेरि हाम्रो 4 प्याराको नेतृत्वमा सीआरपीएफका जवान र जम्मू कश्मीर पुलिसका जवानहरूले एकसाथ आतङ्कवादीहरूलाई घेरे। जसले बैसरन घाटीमा हाम्रा निर्दोष नागरिकहरूलाई मारेका थिए, त्यसमा यी तीनै आतङ्की सामेल थिए र हिजो यी तीनै आतङ्की मारिए।

उनले भने, म सेना, सीआरपीएफ र जम्मू कश्मीर पुलिसका सबै जवानहरूलाई सदन र पूरा देशको तर्फबाट धन्यवाद व्यक्त गर्दछु। म यस अभियानलाई सफलतापूर्वक परिणाम दिनका लागि 24 राष्ट्रिय राइफल्स (24 आरआर), 4 प्यारा, जम्मू-कश्मीर पुलिस (जेकेपी) र केन्द्रिय रिभर्व पुलिस बल (सीआरपीएफ) का बहादुर कर्मीहरूलाई बधाई दिँदछु र आफ्नो हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande