नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले मंगलवार शिक्षाविद् एवं चिन्तक ईश्वर चन्द्र विद्यासागरको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। उनले भनिन्, उनको विचारले आज पनि हामी सबैलाई सर्वोत्कृष्ट समाज निर्माणको निम्ति प्रेरित गर्दछ।
मुख्यमन्त्री रेखा गुप्ताले एक्समा पोस्ट गरी लेखिन्, महान समाज सुधारक, शिक्षाविद् औ चिन्तक ईश्वर चन्द्र विद्यासागरको पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जलि अर्पण गर्दछु।
रेखा गुप्ताले भनिन्, उनको दूरदर्शिता, शिक्षाप्रति समर्पण तथा सामाजिक सुधारहरूले भारतलाई एउटा नयाँ दिशा दिए। उनले भनिन्, विद्यासागरले महिला शिक्षालाई प्रेरित गर्न तथा समाजमा व्याप्त अन्धविश्वासविरूद्ध सशक्त आवाज उठाए। उनको जीवन एक प्रेरणा हो जसले हामीलाई यो सिकाउँछ कि परिवर्तन शिक्षा र सामाजिक जागरूकताबाटै सम्भव छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा