(अपडेट) सबै आतङ्कवादको जरा पाकिस्तान र पाकिस्तान कांगेसको भूलः अमित शाह
शाह


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाहले मंगलवार लोकसभामा कांग्रेसमाथि तुष्टीकरणको राजनीति गरेको र पाकिस्तानप्रति नरम नीति अपनाएको आरोप लगाए। उनले भने, सबै आतङ्कवादको जरा पाकिस्तान र पाकिस्तान कांग्रेसको भूल हो।

गृहमन्त्री अमित शाहले हिजोदेखि लोकसभामा जारी पहलगाममा आतङ्कवादी हमलाको जवाफमा भारतको सशक्त, सफल र निर्णायक ‘अपरेशन सिन्दूर’ माथि विशेष चर्चामा आज भाग लिए। उनले अपरेशन महादेव, पहलगाम हमलामा एनआईए जाँच, पूरा घटनाक्रम र आङ्तकवाद विरूद्ध भाजपा सरकारको जीरो टलरेन्सको नीतिसित अवगत गराए। उनले कांग्रेस सरकारहरूमा कथित रूपमा गरिएको ऐतिहासिक गल्तीहरूको पनि उल्लेख गरे औं तुष्टीकरणको मुद्दामा पार्टीलाई लक्षित पनि गरे।

उनले भने, कांग्रेसले नै देशको विभाजनलाई स्वीकार गऱ्यो। पीओकेलाई हासिल नगरी 1948 मा संघर्ष विराम र 1971 मा ठूलो जित भएपनि पीओके नलिनु पार्टीको ठूलो भूल रह्यो। पाकिस्तान कांग्रेसको भूल हो। यदि उसले विभाजन स्वीकार नगरेको भए आज पाकिस्तान हुनेथिएन।

शाहले विपक्षको पहलगाम हमलापछि निर्णायक बढ़त हासिल गरेपनि अघि कारबाही नगरेको प्रश्नको जवाफमा भने, सरकारको उद्देश्य आतङ्क विरूद्ध कारबाही गर्नु थियो, युद्ध लड्नु होइन। युद्धको आफ्नो परिणाम हुन्छ। यही सन्दर्भमा उनले कांग्रेस नेताहरूलाई 1971 को युद्धको याद दिलाए। उनले भने, 1971 मा 93 हजार पाकिस्तानी सैनिकहरूले आत्मसमर्पण गरे, 15 हजार वर्ग किलोमीटर पाकिस्तानी क्षेत्र भारतको नियन्र्ेणमा थियो तर पीओके फिर्ता लिइएन।

शाहले कांग्रेसमाथि तुष्टीकरणको राजनीति गरेको आरोप लगाए। उनले आतङ्कवाद विरूद्ध अटल बिहारी वाजपेयीको समयमा ल्याइएको आतङ्कवाद निरोधक अधिनियम, 2002 (पोटा) लाई संप्रग सरकारको पहिलो क्याबिनेटमा हटाउनलाई लिएर कांग्रेस नेतृत्वलाई लक्षित गरे। शाहले बटला हाउसको घटनाको पनि उल्लेख गरे। साथै उनले कांग्रेसको कार्यकालमा देश छोड़ेर भागेका आतङ्कीहरूको नाम बताए।

उनले भने, मलाई याद छ, बिहान मैले टीवीमा सलमान खुर्शीदलाई रूदै गरेको देखे। उनी सोनिया गान्धीको आवासदेखि बाहिर आइरहेका थिए। उनले भने, सोनिया गान्धी बटला हाउसको घटनामा रोइरहेकी थिइ। उनलाई बटला हाउसका आतङ्कीहरूको सट्टा शहीद मोहन शर्माको निम्ति रूनुपर्थ्यो।

शाहले आफ्नो भाषणको शुरूआत अपरेशन महादेवबाट गरे औं भने, सबै साक्ष्यले बताउँछ, यसमा मारिएका आतङ्की सुलेमान, फैजल र अफगान पहलगाम हमलामा सामेल थिए। उनले सदनलाई पूरा अपरेशनबारे बताउँदै भने, सबै जाँचपछि आतङ्की पहलगाम हमलामा सामेल रहेको पुष्टि भएको छ। उनले भने, यसका साथै हामीले हमलामा सामेल आतङ्कीहरू र उनीहरूका मुखियाहरू दुवैलाई मारेका छौं।

एनआईए जाँचको विवरण दिँदै शाहले बताए, हमलापछि 1005 जनासित सोधपुछ गरियो। दुई जनालाई आतङ्कीहरूको बस्ने बन्दोबस्त गरेकोमा पक्राउ गरियो।

सदनमा शाहले एक कांग्रेस नेताले आतङ्कीहरू पाकिस्तानबाट आएको साक्ष्य माग्दा कड़ा आपत्ती व्यक्त गरे। उनले भने, देशका पूर्व गृहमन्त्रीले आफ्नो बयानबाट आतङ्कीहरूलाई क्लीन चीट दिइरहेका छन्। उनले आतङ्कीहरू पाकिस्तानी रहेको साक्ष्य मागिरहेका छन्, भोली उसले पाकिस्तानमाथि हमला किन गऱ्यो, यसमाथि प्रश्न खड़ा गर्नेछन्।

शाहले विपक्षद्वारा प्रधानमन्त्री मोदीले बिहारमा एक चुनावी भाषण दिएकोमा प्रश्न खड़ा गर्दा जवाफ दिए। उनले भने, हामीले जुन चश्माले हेर्छौं, हाम्रो दृष्टि पनि त्यस्तै हुन्छ। प्रधानमन्त्रीले देशको नेता भएको नाताले आफ्नो दायित्व निभाए औं जनताको भावनाहरू अनुरूप बयान दिए। यो चुनावी भाषण थिएन। यसैको परिणाम हो कि हामीले पाकिस्तानलाई यस पाली 100 किमीभित्र गएर आघात पुऱ्याएका छौं।

विपक्षको तर्फबाट अनुच्छेद-370 हटेपछि घाटीमा शान्तिमाथि प्रश्न खड़ा गर्दा शाहले भने, आज जम्मू-कश्मीरको स्थिति पूर्ण रूपमा बदलेको छ। आतङ्कीहरूको पूरा इकोसिस्टम समाप्त गरिँदैछ। आतङ्कीहरूको पहिले महिमामन्डन गरिन्थ्यो। दिनदिनै हड़ताल र ढुंगामुड़ा गरिन्थ्यो। गत धेरै सालमा यो पूर्ण रूपमा समाप्त भएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande