सिलगढ़ीमा फर्जी दस्तावेजको साथ चीनी नागरिक पक्राउ, सुरक्षा एजेन्सीहरू सतर्क
चीनी


कोलकाता, 29 जुलाई (हि.स.)। भारत-नेपाल सीमा स्थित सिलगढ़ी नजिक एक संदिग्ध चीनी नागरिकलाई फर्जी दस्तावेजहरूको साथ पक्राउ गरिएको छ।

घटना सोमवार रातिको हो, जब खोड़ीबाड़ी थाना पुलिसले सशस्त्र सीमा बल (एसएसबी) को सहायताले भारतमा अवैध रूपमा पसेको यस विदेशी नागरिकलाई हिरासतमा लियो।

सिलगढ़ी पुलिस अनुसार, विदेशी नागरिकलाई सिलगढ़ीको पानीटंकी क्षेत्रको न्यू ब्रिज स्थित ट्रेड एण्ड ट्रान्जिट रूटबाट पक्राउ गरियो, जहाँ एसएसबीको 41औं बटालियनको 'सी' कम्पनीले नियमित जाँच अभियान चलाइरहेको थियो। सोही अवधि एक व्यक्तिदेखि संदेहास्पद दस्तावेज भेटिएपछि उसलाई तत्काल हिरासतमा लिइयो। सोधपुछमा उक्त व्यक्तिदेखि दुई अलग-अलग नामबाट जारी स्विस पासपोर्ट र एक फर्जी नेपाली नागरिकता दस्तावेज जफत भयो। पक्रा परेको व्यक्तिको असली पहिचान के हो, उ भारतमा कुन बाटो पस्यो र उसको उद्देश्य के थियो- यी सबै पहलुहरूको गहन जाँच भइरहेको छ।

पुलिसले पुष्टि गरेको छ, उ वास्तवमा चीनी नागरिक हो। पुलिस बाहेक केन्द्रिय गोप्य र सुरक्षा एजेन्सीहरूले पनि मामिलाको जाँच शुरू गरेको छ। बताइँदैछ, यो कुनै सामान्य घुसपैठ नभएर कुनै ठूलो षड़यन्त्रको हिस्सा हुनसक्छ। घटनापछि भारत-नेपाल सीमामा चौकसी अझ् बढ़ाइएको छ।

सुरक्षाबलहरूलाई सतर्क रहने निर्देश दिइएको छ। उत्तर बंगालमा भारत-नेपाल र भारत-भोटान सीमाहरू पहिलेपनि संदिग्ध गतिविधिहरूको निम्ति प्रयोग हुँदै आइऱहेको छ, यस्तो स्थितिमा यस गिरफ्तारीलाई सुरक्षा एजेन्सीहरूले अत्यन्तै गम्भीरताले लिइरहेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande