स्कूल बसको ठक्करले दुई गम्भीर घाइते
स्कूल बसको ठक्करले दुई गम्भीर घाइते


सिलगढ़ी, 29 जुलाई (हि.स.)। शहरको रवीन्द्रनगर मोड़ क्षेत्रमा एक स्कूल बसको ठक्करले टोटोमा सवार यात्रीहरू गम्भीर रूपमा घाइते भए जसमा दुईजना गम्भीर रूपमा घाइते यात्रीहरूलाई जिल्ला अस्पतालमा पठाइएको छ।

सूत्र अनुसार एउटा स्कूल बस मंगलवार अपरान्ह छुट्टीपछि नानीहरूलाई लिएर गइरहेको थियो। रवीन्द्रनगर मोड़मा एउटा टोटो यात्रीहरूलाई ल्याउनको लागि अचानक रोक्ता पछिबाट आइरहेको स्कूल बसले ठक्कर दियो। यस घटनामा टोटोमा सवार दुईजना यात्रीहरू गम्भीर रूपमा घाइते भए। घटनापछि घाइतेहरूलाई सिलगढ़ी जिल्ला अस्पतालमा लगियो।

स्थानीय मानिसहरूले आरोप लगाए, बसमा स्कूलका नानीहरू हुँदा-हुँदै पनि बस द्रूत गतिमा गुड़िरहेको थियो। यदि स्कूल बसको गति नियन्त्रित भएको भए यो दुर्घना हुनेथिएन। सूचना पाएपछि यातायात पुलिस घटनास्थलमा पुगेर जाँचमा जुट्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande