श्रीभूमि (असम), 29 जुलाई (हि.स.)। असमको बराक घाटीमा अवैध बंगलादेशीहरूविरूद्घ निरन्तर अभियान संचालन गरिँदैछ। सीमा सुरक्षा बल (बीएसएफ)-को नजरदेखि बच्दै अवैध रूपमा भारतमा प्रवेश गर्ने 20 जना बंगलादेशी नागरिकहरूलाई श्रीभूमि पुलिसले पक्राउ गऱ्यो।
श्रीभूमि पुलिसले मंगलवार बताएको छ, जिल्लाका विभिन्न स्थानहरूबाट पक्राउ गरिएका यी बंगलादेशीहरूलाई गए सोमवार उनीहरूको देश बंगलादेश फर्काइयो।यी बंगलादेशीहरूमा केही बाल-बालिका,किशोरी, महिला तथा पुरूषहरू सामेल छन्। अर्कोतिर बंगलादेशीहरूलाई उनीहरूको देश पठाइएको पुष्टि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गरेका छन्।
मुख्यमन्त्रीले आफ्नो फेसबुक अकाउण्टमा बंगलादेशीहरूको सम्बन्धमा एउटा पोस्ट साझा गर्दै भने, अवैध विदेशीहरूद्वारा राज्यको जनसंरचनालाई परिवर्तन गर्नको लागि गरिएको प्रयासलाई लिएर हामी सदैव सतर्कता पूर्वक काम गरिरहेका छौं। गए सोमवार असम पुलिसले श्रीभूमि जिल्लाबाट 20 जना अनुप्रवेशकारीहरूलाई उनीहरूको आफ्नो देश बंगलादेश फर्काइदिएको छ। असममा कुनै पनि सन्दर्भमा अवैध नागरिकहरूलाई राज्यमा प्रोत्साहित गरिनेछैन भन्ने उदेश्य लिएर हाम्रो अभियान लगातार जारी रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा