तामुलपुर (असम), 29 जुलाई (हि.स.)। तामुलपुर जिल्ला आयुक्त कार्यालयको सभागारमा आगामी 79औं स्वतन्त्रता दिवस समारोहको तयारीलाई लिएर आज एक बैठक जिल्ला आयुक्त पंकज चक्रवर्तीको अध्यक्षतामा सम्पन्न गरियो।
उनले यो सुनिश्चित गर्नेमाथि बल दिए, यस दिन शान्तिपूर्ण र सुव्यवस्थित ढंगमा समारोह आयोजन होस्। यसको निम्ति उनले सबै अधिकारी तथा कर्मचारीहरूलाई सहयोग गर्ने अपील गरे।
जिल्ला आयुक्तले वृक्षारोपण, सबै कार्यालयहरूमा सफाई अभियान, “एक भारत श्रेष्ठ भारत” विषयमा सांस्कृतिक कार्यक्रम, “सिन्दूर” नामक देशभक्ति कार्यक्रम, प्रीति म्याच तथा विभिन्न सरकारी विभागहरूको स्टल आदिमाथि विशेष बल दिए। साथै जुन विभाग वा व्यक्तिले कुनै पनि क्षेत्रमा उल्लेखनीय कार्य गरेका छन् भने उनीहरूलाई राष्ट्रिय झण्डामुनि सम्मानित गर्नको लागि पहिलाबाटै सूची उपलब्ध गराउने निर्देश पनि दिए।
वरिष्ठ पुलिस अधीक्षक दिगंत कुमार चौधुरीले सुरक्षा व्यवस्थाका सबै आवश्यक उपाय गर्ने कुरा दोहोऱ्याए। उनले कार्यालय परिसरमा फैलिएको कबाड़, छोड़िएको वाहन आदिलाई हटाउनलाई विशेष दिन आवश्यक रहेको बताए।
आजको बैठकमा जिल्ला आयुक्त पंकज चक्रवर्ती र वरिष्ठ पुलिस अधीक्षक दिगंत कुमार चौधुरी बाहेक एसएसबी, सेना, पुलिस, जिल्ला प्रशासनका अधिकारी-कर्मचारी तथा विभिन्न विभागका अधिकारीगण उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा