सिलगढ़ी, 29 जुलाई (हि.स.)। सिलगढ़ी महकुमाको खोरीबाड़ीबाट बेपत्ता एक टोटो (ई-रिक्शा) चालकको शव भेटिएपछि क्षेत्रमा खैलाबैला मच्चियो। टोटो चालकको नाम सुजय सरकार हो। उ सोमवार रातिदेखि बेपत्ता थियो।
प्राप्त जानकारी अनुसार, टोटो चालक सुजय सरकार सदा झैं आइतवार पनि घरबाट टोटो लिएर निस्केको थियो। राति जब उ घर फर्केन तब परिजनहरूले उसलाई खोज्नु शुरू गरे तर उसको पत्तो लागेन। आज बिहान खोजबीनमा परिजनहरूले सुबल जोच गाउँको सड़क किनार टोटो देखे। छानबीन गर्दा टोटोदेखि केही दूरीमै उसको शव लड़ेको पाइयो।
सूचना पाइएपछि खोरीबाड़ी थाना पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लियो। सूत्रहरू अनुसार, मृतकको गलामा डोरी र टाउँकोमा गहिरो घाउँको निशान छ। पुलिसको प्राथमिक अनुमान छ कि टोटो चालकको हत्या गरिएको हो। खोरीबाड़ी थाना पुलिस अघिको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी