हामीलाई चीनबाट पनि उत्तिकै खतरा छ, जतिको आतङ्कवादबाट छ- अखिलेश यादव
अ


नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। लोकसभामा अपरेशन सिन्दूरमाथि चर्चाको दोस्रो दिन मंगलवार समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले यस अपरेशनमाथि प्रश्न खड़ा गरेका छन्। उनले सरकारलाई सोधे, पाकिस्तानको पछाड़ी कुन देश खड़ा छ ? हामीलाई चीनबाट उत्तिकै खतरा छ, जतिको देशलाई आतङ्कवादबाट खतरा छ।

उनले केन्द्र सरकारलाई सोधे, सरकारले यस्तो समय सीजफायर किन गऱ्यो ? जब देशका सेनाहरू बढ़तमा थिए। यसपछि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीजफायरमाथि एक्स पोस्टमा दिएको टिप्पणीमा पनि प्रश्न खड़ा गरे। उनले भने, हामीले यस्तो रणनीति बनाउनपर्छ कि सीमाहरू सदैव शान्त रहोस्। पहलगामको घटनाले प्रमाणित गऱ्यो कि लापरवाहीले धेरैको ज्यान लिनसक्छ। जुन दिन पहलगाम हमला भयो, त्यस समय हरेक नागरिकले सुरक्षाकर्मीहरूको अनुपस्थितिमा प्रश्न खड़ा गऱ्यो। सरकारको आश्वासनमा पर्यटकहरू जम्मू-कश्मीर घुम्न गएका थिए। उनले गोप्य तन्त्रको विफलतामाथि प्रश्न खड़ा गर्दै जिम्मेवारी तय गर्ने माग उठाए। अखिलेशले भने, पहलगाम हमलाको समय गोप्य तन्त्रको विफलताको जिम्मेवारी कसको हो ? यस अगाड़ी पुलवामा हमलामा पनि गोप्य तन्त्रको विफलताको जिम्मेवारी तय गरिएन।

अखिलेशले अपरेशन सिन्दूरलाई सरकारको विफलता बताउँदै ट्रम्पको भूमिकालाई लिएर पनि केन्द्रबाट जवाफ मागे। उनले भने, अपरेशन सिन्दूर देशको सरकारको विफलताको प्रतीक हो। यसबाट ठूलो विफलता सरकारको अरू हुन सक्दैन। यस अपरेशनमा विदेशीहरूले दाबी गरे कि उनीहरूले भारत-पाकिस्तानको युद्ध रोकाए। यसबाट देशको सम्प्रभुतालाई ठेस पुग्यो तर एक पल्ट पनि यसको खण्डन गरिएन। देशको विदेश नीति पूर्ण रूपमा फेल छ। अपरेशन सिन्दूर र पहलगाम हमलामा विश्वको कुनैपनि देशले हाम्रो साथ दिएन। यो हाम्रो विदेश नीतिको संकटकाल हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande