ब्यारकपुर मेट्रो परियोजनाको खर्च अनि तकनिकी चुनौतीमाथि शुक्रवार भइरहेको छ महत्वपूर्ण बैठक
ब्यारकपुर मेट्रो परियोजनाको खर्च अनि तकनिकी चुनौतीमाथि शुक्रवार भइरहेको छ महत्वपूर्ण बैठक


ब्यारकपुर, 3 जुलाई (हि.स.)। बारानगरदेखि ब्यारकपुरसम्म प्रस्तावित मेट्रो रेल विस्तार परियोजना वर्षौंदेखिको थाँतीमा छ र यसको मुख्य कारण बीटी रोड मुनि रहेको कोलकाता नगरनिगमको विराट जलापूर्ति पाइपलाइन हो जसले पलता जल परियोजनाबाट पानीलाई टाला ट्यांकसम्म पुऱ्याउँछ अनि त्यहाँबाट उत्तर तथा मध्य कोलकाताको विस्तृत भागहरूमा जलापूर्ति हुन्छ।

डनलपदेखि ब्यारकपुर चिड़िया मोड़सम्मको यस सड़कको मुनि लगभग 42-देखि 72 इञ्च व्यास भएको छह वटा प्रमुख पाइपलाइन छ जसमध्ये न्यूनतम पनि तीन वटालाई नहटाई मेट्रोको पिलर निर्माण गर्न सम्भव हुँदैन। यसको लागि अनुमानित खर्च एक हजार करोड़ रुपियाँभन्दा अधिक हुनसक्छ जसबाट परियोजनाको गति रोकिएको छ साथै यतिधेरै खर्चको जिम्मा कसले लिने हो, यसलाई लिएर असमञ्जस्यताको स्थिति उत्पन्न भएको छ।

शुक्रवार उपरोक्त विषयहरूमाथि एक उच्चस्तरीय बैठक आयोजना गरिएको छ जसमा कोलकाताका मेयर फिरहद हकिम, मेट्रो रेलवेका वरिष्ठ अधिकारी निर्माण विभाग, उत्तर 24 परगना तथा ब्यारकपुरका प्रशासनिक प्रतिनिधि तथा जादवपुर विश्वविद्यालयका विशेषज्ञ सामेल हुनेछन् जहाँ पाइप हटाउने लागत, तकनिकी विकल्प एवं सम्भावित समाधानमाथि चर्चा गरिनेछ।

मेयर फिरहाद हकिमले स्पष्ट पारेका छन्, मेट्रो रेल प्राधिकरणले आफ्नो सम्पूर्ण योजनालाई सामु राख्नुपर्छ, किनभने पाइपलाइनलाई हटाउनु धेरै महँगो र जटिल कार्य हो। त्यसैले सबै पक्षलाई मिलाएर यथार्थपरक तथा सन्तुलित निर्णयमा पुग्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande