सपा नेताहरूको काँवड़ यात्रासित सम्बन्धित विवादित बयानमाथि भाजपा बर्सियो
सपा नेताहरूको काँवड़ यात्रासित सम्बन्धित विवादित बयानमाथि भाजपा बर्सियो


लखनऊ, 03 जुलाई (हि.स.)। समाजवादी पार्टी (सपा)-का नेताहरूद्वारा काँवड़ यात्रामाथि दिइएको बयानको भारतीय जनता पार्टी (भाजपा)-ले आलोचना गरेको छ।

भाजपाका प्रदेश प्रवक्ता राकेश त्रिपाठीले भने, सपाले सुनियोजित षड़यन्त्र अन्तर्गत पालै-पालो बयान दिएर साम्प्रदायिक सद्भावलाई जोखिममा पार्ने चेष्टा गरिरहेको छ। पवित्र सावन महिनामा हुने काँवड़ यात्रालाई कसरी बाधा दिन सकिन्छ, यसको लागि सपा नेताहरूले अगाव काँवड़ीहरूलाई हिंसक भनिरहेका छन्। एस. टी. हसनले उनीहरूको तुलना आतंकवादीहरूसित गरिरहेका छन् भने रविदास मेहरोत्राले सपाको श्रृंखलाबद्ध बयानलाई सपा अध्यक्ष अखिलेशको निर्देशमा दिरहेको बताएका छन्।

राकेश त्रिपाठीले भने, यसको पछाड़ी इण्डी गठबन्धन छ। यिनीहरू चाहन्छन् कि साम्प्रदायिक सद्भाव बिग्रियोस्। हिन्दुहरूको पर्वमा बाधा उत्पन्न भए 'मजहबी'-हरू गोलबन्द हुन्छन्, भोट ब्यांक निर्माण हुन्छ, तर यो प्रयास महँगो पर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande